कन्काई, राप्ती र बबई नदीमा बाढीबाट सतर्क हुन आग्रह

काठमाडौं । लगातार भारी वर्षाका कारण विभिन्न नदीमा बाढीपहिरोको जोखिम बढ्दै गएकाले सर्तकता अपनाउन सरकारले आग्रह गरेको छ ।

मौसम विभागका अनुसार शुक्रबार देशका विभिन्न भूभागमा भारी वर्षा भई कन्काई, राप्ती, बबइ नदीमा पानीको बहाव बढ्न सक्ने अनुमान गरिएको छ ।

विभागका अनुसार शुक्रबार बिहान ७ बजेदेखि प्रदेश १ को इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, भोजपुर, ताप्लेजुङ, संखुवासभामा भारी वर्षा हुने अनुमान छ ।

त्यस्तै वाग्मती प्रदेशको दोलखा, रामेछाप, रसुवा, सिन्धुपाल्चोक गण्डकी प्रदेशको गोरखा, मनाङ, लमजुङ, कास्की, पर्वत, बागलुङ, तनहुँ, स्याङ्जा लुम्बिनी प्रदेशको पाल्पा, गुल्मी, प्यूठान, दाङ, बाँके, बर्दिया, रुकुम कर्णली प्रदेशको सुर्खेत, सल्यान, दैलेख, जाजरकोट सुदूरपश्चिम प्रदेशको डडेलधुरा, डोटी, अछाम, बाजुरा, बजाङ, दार्चुला भूभागमा बर्षा हुनुका साथै नदीहरुमा पानीको बहाव बढ्न सक्ने महाशाखाको पुर्वानुमान छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *