ज्वाला संग्रौलाको समुहविरुद्ध मधेशी आयोगमा उजुरी, छानबिन सुरु

काठमाडौं । आफूलाई सामाजिक अभियान्ता बताउने ज्वाला संग्रौलाको समूहविरुद्ध मधेशी आयोगमा उजुरी परेको छ ।  उनीहरूले  ड्यूटीमा रहेका  प्रहरीमािथ जातीय टिप्पणी गरेकाे भन्दै उजुरी परेपछि  आयोगले छानबिन सुरु गरेकाे छ।

आयोगले घटनाको प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले नेपाल प्रेसलाई जानकारी दिए । घटनाको बिषयमा प्रहरी प्रधान कार्यालयसँग पनि छलफल गरिसकेको र त्यसपछि गृह मन्त्रालयलाई आवश्यक सिफारिस तथा परिपत्र गरिने उनकाे भनाइ छ ।

दत्तले भने, ‘आयोगमा उजुरी आउने बित्तिकै मैले प्रहरी महानिरीक्षक (आइजीपी) शैलेस थापासँग पनि कुराकानी गरिसकेको छु । अब आयोगले प्रारम्भिक रुपमा छानविन गर्छ र गृह मन्त्रालयलाई सिफारिस तथा परिपत्र गर्छ । त्यसपछि गृह आफैले वा प्रहरी प्रधान कार्यालयमार्फत भए पनि कारवाही प्रक्रिया अघि बढाउँछ ।’

आयोगले आवश्यक छानविनका लागि सिफारिस र अनुरोध गरेमा कारवाही प्रक्रिया अघि बढाउने प्रहरी प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त बहादुर कुवँरले नेपाल प्रेसलाई बताए ।

उनले भने, ‘प्रहरीमा अहिलेसम्म त्यस्तो कुनै पनि उजुरी आएको छैन । तर आयोगले प्रहरीलाई कुनै निर्देशन वा सिफारिस गर्यो भने प्रहरीले कारवाही प्रक्रिया अघि बढाउँछ ।’

Comments

2 responses to “ज्वाला संग्रौलाको समुहविरुद्ध मधेशी आयोगमा उजुरी, छानबिन सुरु”

  1. लक्ष्मण चौलागाईं विद्रोही Avatar
    लक्ष्मण चौलागाईं विद्रोही

    👺👺😈😈👹👹यस्ता नीच भाइरसलाई तह लगाइदिएको राम्रो ! दुनियाको चरित्रहत्या गराउदै घिन लाग्ने पात्रहरु डोर्याएर कुनै समय यसले पनि मेरो खुब चरित्रहत्या गराएकी थिइ।विप्लव फ्यान पेज काठमाडौंमा डुप्ली खगेन्द्रसिंह कार्कीलाई प्रयोग गरेर मलाई विप्लवको सिन्धुपाल्चोक जिल्ला अध्यक्ष भजाउदै यस्तो पनि विप्लवको जिल्ला अध्यक्ष हुन्छ ?भन्दै कारबाहीको लागि माग गर्दै यो थुतुनोले विप्लव फ्यान क्लब भन्ने पेज रंगाउन मात्रै लागेन यसले धरान तिरको अर्को यो जस्तैसँग मिलेर मलाई सामाजिक बहिस्कार सन्जालबाट गर्न गराउन खुब दुस्साहस गरेकी थिइ। इटहरी तिर बस्मे एउटी पोखरेल थर गरेकी नमुनालाई लगाएर मेरो टाउको र शरीर जनावरको जोडाएकी थिइ। खगेन्द्रसिंह कार्की विप्लवको हेड्क्वार्टरको विशेष मान्छे जस्तो बनेर मलाई कारबाही गर्ने वचन योलाई दिदै थियो। पछि मैले कार्कीको इनबक्समा गएर के लेखेको तैले म को चिनेको छस ?भन्दा यहि थुतुनो र धरानेले उसलाइ फसाएको दाई मलाई माफ गर्नुस म पनि प्रचण्डको मान्छे हुँ भनेर म सँग माफी मागेको थियो। जुन स्क्रीन सट मैले सोही समय पोस्ट गरें र कार्कीलाई माफी नदिने बरु तेरो खोजी निरन्तर हुने भनेर मैले भनेपछी त्यो डुप्ली खगेन्द्रले खगेन्द्र सिंह कार्की नामक फेसबुक बन्द गरेको थियो। अहिले नर्स विद्या कार्की भन्ने पेज उसैले चलाउछ भन्नेसम्म सुनेको छु। यो थुतुनेका कुरा सुनेर विप्लव समर्थक एउटा अनलाइनको एक जना महिलाले म संग नम्बर मागिराखेको थियो।विषयवस्तु बुझेर मेरो विरुद्ध न्युज लेख्न ।अनि मैले लेख्दा हुन्छ मेरो न्युज केही फरक पर्दैन बाकी खण्डन म गर्नेछु भनेर ब्लक ठोक्देको थिएं उसलाई / नाम नभनौं अहिले !

  2. KB NEPAL Avatar
    KB NEPAL

    खै भन्ने मात्रै त होला । जति जोगि आय पनि कानै चिरेका भन्छ्न । सक्नु हुन्छ भने कार्बाही अघि बदाउनुस सक्नु हुदैन भने झुटो आसोसन दियर् भ्रम मा न पारिदिनुस । यहा सबै देखावती मा मात्रै हुन्छ । त्यहि पनि केही दिन को लागि मात्र ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *