स्पष्टिकरण दिँदै ज्वाला संग्रौलाले भनिन् : जातको कुरा मैले गरेको छैन

काठमाडौं । बर्दीमा रहेका प्रहरीलाई प्रहरी कार्यालयभित्रै थर्काएर विवादमा आएकी ज्वाला संग्रौलाले फेसबुकमार्फत स्पष्टीकरण दिएकी छन् । आफूले प्रहरीलाई सरुवा गराइदिने चेतावनी दिएको स्वीकारे पनि जातको कुरा नगरेको उनको भनाइ छ ।

ज्वालाको समूह र प्रहरीबीच महाराजगञ्ज ट्राफिक प्रहरी वृत्तमा विवाद भएको थियो । त्यस क्रममा उनले प्रहरी सहायक निरिक्षक मणीकान्त झालाई सरुवा गराइदिने चेतावनी दिएकी थिइन् ।

उनले आज फेसबुकमा लेखेकी छन्, ‘जनताको लागि काम गर्नेले जनतालाई बिनाकारण दुख दिन्छ भने त्यो जोसुकै होस, त्यसको सरुवा-घटुवाको बकाइदा माग गरिन्छ । यसमा जातको कुरा कसरी आयो ? मेरो मुखबाट निस्कएका एक-एक शब्दको जिम्मेवारी लिँदै जहाँ बोलाउने हो त्यहाँ आएर जवाफ दिनेछु ।

उनले आफूमाथि प्रहरीले मुख छाडेको दावी गरेकी छन् । आफूहरु मोटरसाइकलमा आउँदै गर्दा असइ झाले बाटोमा एक्कासी रोकेर ‘बिस्तारै कुदाउन सक्दैनस मासाले’ भन्दै झम्टिएको उनको भनाइ छ ।

घटनामा आफ्नो समूहबाट भएका कमजोरीको नैतिक जिम्मेवारी लिएर क्षमायाचना गर्ने उनले बताएकी छन् ।

Comments

2 responses to “स्पष्टिकरण दिँदै ज्वाला संग्रौलाले भनिन् : जातको कुरा मैले गरेको छैन”

  1. visham Avatar
    visham

    यस्तो फटाहा घमण्डी आईमाइको भनाई छापेर नेपालप्रेसले आफ्नोस्तर नघटाय हुन्थ्यो

  2. paruhang bantawa Avatar
    paruhang bantawa

    क्षमायाचनाा गर्नुपुर्ब पुनबिचार पहिला गर्ने हो।ज्वाला भन्दा झा जि पहिलादेखी आधिकारिक रास्ट्रसेवक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *