सर्वोच्चले झिकायो मन्त्री थापाको सक्कल मिसिल

सुर्खेत । सर्वोच्च अदालतले कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार एवम शहरी विकास मन्त्री अम्मरबहादुर थापाको नाउँमा नैतिक पतन विरुद्ध परेको रिटमा मुद्दाको सक्कल मिसिल झिकाउने आदेश दिएको छ।

आज सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की र नहकुल सुवेदीको संयुक्त इजलासले दैलेख जिल्ला अदालतबाट २०४७ असार १४ गते र २०५० पुस ६ गते भएको कीर्ते जालसाजी मुद्दाको सक्कल मिसिल झिकाउन इजलासले आदेश दिएको हो ।

ती मिसिललाई सर्वोच्च अदालतमा विचाराधीन रिट निवेदन अवलोकनार्थ राखी पूर्व आदेशअनुसार अन्तरिम आदेश छलफलका लागि नियमअनुसार पेस गर्नु भन्ने आदेश इजलासले दिएको हो । अदालतले ती मिसिलहरु प्राप्त भएपछि मात्रै अन्तरिम आदेश दिने वा नदिने बारेमा निर्णय गर्ने भएको छ ।

Comments

One response to “सर्वोच्चले झिकायो मन्त्री थापाको सक्कल मिसिल”

  1. कर्णालीबासी Avatar
    कर्णालीबासी

    तस्बीर फरक पर्‍यो सम्पादकज्यू!

Leave a Reply

Your email address will not be published. Required fields are marked *