शंकर पोखरेलको जवाफ : बहुराष्ट्रिय राज्य माओवादीको नीति हो, एमाले कहिल्यै सहमत छैन

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका नेता शंकर पोखरेलले बहुराष्ट्रिय राज्यको नीति माओवादीले अघि सारेको भन्दै त्यसलाई एमालेले पहिले नै खारेज गरिसकेको दावी गरेका छन् ।

उपप्रधानमन्त्री राजेन्द्र महतोको विवादस्पद अभिव्यक्तिका कारण राष्ट्रिय वहस भइरहेका बेला पोखरेलले आज जुन कुराको विरोध भइरहकेो छ, त्यो हिजो माओवादी केन्द्रको नीति रहेको बताए ।

पोखरेलले भनेका छन्- ‘जसपाका कतिपय नीतिसँग हाम्रा विमती हिजो पनि थिए र आज पनि छन नै । आज जुन कुराको तीव्र विरोध भइरहेको छ, हिजो त्यो माओवादी केन्द्रको नीति हो । आज माओवादी केन्द्रको उक्त नीति वदलिएको हो भने जसपाको पनि अवश्य वदलिनेछ । तर, राष्ट्र र राज्यका वारेमा हामी हिजो पनि स्पष्ट थियौ र आज पनि स्पष्ट नै छौ ।

माओवादीले विभिन्न जातीहरुको राष्ट्रियता अलग रहेको भन्दै नेपाल बहुराष्ट्रिय राज्य हुनुपर्ने बताउने गरेको थियो । डा.बाबुराम भट्टराई त्यसका व्याख्याता हुन् ।

पोखरेलले आज माओवादी केन्द्रको नीति बदलिएको हो भने भोलि जसपाको पनि बदलिने दावी गरेका छन् । उनले एमालेको नीति यसमा प्रष्ट रहेको समेत बताएका छन् ।

Comments

2 responses to “शंकर पोखरेलको जवाफ : बहुराष्ट्रिय राज्य माओवादीको नीति हो, एमाले कहिल्यै सहमत छैन”

  1. Rajip Avatar
    Rajip

    पागल मन्त्री एउटा मन्त्रीले बोल्छ अर्को पार्टीको मुद्धा हो हामी उसको मुद्दामा कहिले सहमत हुँदैनौं भनेर अर्को मन्त्री जवाफ दिन्छन् थुइक्क लाजनिति

  2. Sanjog Laaphaa Magar Avatar
    Sanjog Laaphaa Magar

    यो माओवादी भन्दा पहिले एमएस थापा मगर गोरेबहादुर खपांगी मगरको राष्ट्रिय जनमुक्ती पार्टीको नीति हो । माले छोड्नुको कारण खपांगीले भनेका थिए कम्युनिष्ट भन्दा बाहुन चरित्र हाबि भएर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *