काठमाडौं । जर्मनीको बोनस्थित नेपाली दूतावासको घरजग्गा विक्री हुने भएको छ । मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा संचारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।
सरकारले जर्मनीको बोनस्थित नेपाली दूतावासको घरजग्गा बिक्री गर्ने निर्णय गरेको छ । हालै बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् ।
परराष्ट्र मन्त्रालयको सिफारिसमा राजदूत नियुक्ति सम्बन्धी कार्यविधि संशोधन गर्ने निर्णय पनि भएको छ । २०७५ सालमा ल्याइएको उक्त कार्यविधि अनुसार राजदूत नियुक्ति गर्दा परराष्ट्र सेवाबाट ५० प्रतिशत पर्नेगरी नियुक्त गर्नुपर्ने प्रावधानलाई हटाइएको छ ।
सरकारले हालै ११ देशका राजदूत नियुक्त गर्दा परराष्ट्र सेवाबाट २ जना समेटेर ९ जनालाई गैरपरराष्ट्र सेवाबाट नियुक्तिका गर्न सिफारिस गरेको थियो ।

Leave a Reply