४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको झोला प्रतिबन्ध

काठमाडौं । सरकारले श्रावण १ देखि लागू हुने गरी ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको उत्पादन, आयात, विक्री वितरण र प्रयोगमा पूर्णरुपमा प्रतिबन्ध लगाउने भएको छ ।

प्लाष्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदुषण न्यूनीकरण गर्न ४० माइक्रो भन्दा पातलो प्लाष्टिक प्रयोगमा पूर्ण प्रतिवन्ध लगाउने निर्णय गरेको हो । सपिङ्गमल तथा डिपार्टमेन्टल स्टोर लगायत सबै व्यापारिक प्रतिष्ठानमा प्लाष्टिकको झोलाको सट्टा सूती, जुट वा कागजका झोला प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ ।

४० माइक्रोन भन्दा पातलो प्लाष्टिक झोला वा सीट उत्पादन गर्ने उद्योगले पुरानो मेशिनको पाटपूर्जा प्रतिस्थापन गरी नयाँ जडान गरेमा हुने थप लगानी बरावरको रकम पुँजीगत अनुदान उपलब्ध गराइने व्यवस्था रहेको वातावरण विभागले जनाएको छ ।

सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९को बजेटमा पनि ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको झोला प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *