मकालु हिमालबाट संकलित फोहोर अभ्नी भेन्चर्सलाई हस्तान्तरण

काठमाडौं । नेपाली सेनाले ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत मकालु हिमालबाट संकलन गरिएको फोहोर रिसाइक्लिङ गरी व्यवस्थापन गर्ने प्रयोजनको लागि अभ्नी भेन्चर्स फर सस्टेनाबिलिटीलाई हस्तान्तरण गरेकाे छ ।  आज जङ्गी अड्डामा आयोजित कार्यक्रमकाबीच नेपाली सेनाकाे राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक हिमांशु खड्काले अभ्नी भेन्चर्सलाई हस्तान्तरण गरेका हुन् ।

हिमालबाट संकलन गरिएको ६  हजार ६ सय ७ किलाे फोहोर मध्ये सड्ने/कुहिने १ हजार ७ सय २५ केजी फोहोर  जेठ १३ गते मकालु गाउँपालिकालाई बुझाइएको थियो भने नकुहिने ४ हजार ८ सय ८२ कलाे फोहोर पुन प्रयाेग गर्ने प्रयोजनको लागि  हस्तान्तरण गरिएको हो ।कार्यक्रमका क्रममा निर्देशक खड्काले हिमाल सफाईमा खटिएको टिमलाई बधाई तथा सहयोगी संस्था डब्लुडब्लुएफ नेपाल, इसिमोड, नेपाल डिस्ट्रिलरीलगायत सम्बद्ध सबैमा कृतज्ञता व्यक्त गरे ।

‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत विभिन्‍न ६ वटा हिमालहरूबाट २७ हजार ६ सय ७१ किलाे फोहोर संकलन गरिएको छ भने १७ हजार ८ सय ७७ किलाे फोहोर पुन प्रयाेग तथा व्यवस्थापनको लागि सम्बन्धितलाई हस्तान्तरण गरिसकिएको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्घी अड्डाले जनाएकाे छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *