काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बजेटसम्बन्धी ३ अध्यादेश जारी गरेकी छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ जारी गरेकी हुन् ।
यी अध्यादेश जारी भएसँगै नयाँ बजेटका लागि बाटो खुलेको छ ।
प्रतिनिधिसभा विघटन भएकाले सरकारले अध्यादेशबाट आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याउँदैछ ।


Leave a Reply