स्वास्थ्यकर्मी आक्रमणकाे दिनलाई ‘कालाे दिन’ घोषणा गर्न चिकित्सक संघको माग

काठमाडौं । बाँकेको भेरी अस्पतालमा बिहीबारराति स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको घटनालाई नेपाल चिकित्सक संघले ‘कालाे दिन’ घोषणा गर्न माग गरेको छ। संघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै त्यस घटनालाई ‘कालाे दिन’का रुपमा घोषणा गर्न माग गरेको हो ।

संघले विज्ञप्तीमा शुक्रबार एक दिन कालाे पट्टी बाधेर काम गर्न अनुराेध गर्दै कोभिड महामारीमा अहोरात्र खटिइरहेका स्वास्थ्यकर्मीको पछिल्लो घटनाले आत्मबल कमजोर बनाउने काम गरेको जनाउदैँ यस्तो माग गरेको हो । दोषीलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्न र स्वास्थ्यकर्मीको सुरक्षाको प्रबन्ध गर्न संघका महासचिव डा. बद्री रिजालद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *