देवकाटाले लिए राष्ट्रियसभा सदस्यको सपथ, संविधानलाई सिध्याउने खेल भएको दावी

काठमाडौं। राष्ट्रियसभाका सदस्य डा.खिमलाल देवकोटाले संविधानलाई मास्ने षड्यन्त्र भइरहेको भन्दै संविधानलाई बचाउने र सहि दिशामा ल्याउन आफ्नो भूमिका हुने बताएका छन्।

शुक्रबार राष्ट्रियसभा सदस्यको रुपमा सपथ ग्रहण गरेपछि सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै डा. देवकोटाले संविधानत्ः प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुने भएपनि संसदलाई छलेर पटक पटक विघटन गरेको आरोप लगाए।

‘संसदलाई छलेर पटक पटक प्रतिनिधि सभा विघटन गर्ने जुन काम भएको छ,’ उनले भने, ‘यो संविधानलाई मास्ने, संविधानलाई सिध्याउने, संविधान च्यात्ने खालको खेल हो। संविधानलाई बचाउने, संविधानलाई राइट ट्रयाकमा ल्याउनेमै मेरो आफ्नो भुमिका हुन्छ ।’

डा। देवकोटाले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गर्ने विश्वास व्यक्त गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *