आर्थिक वृद्धिदर ४.०१ प्रतिशत हासिल गर्न चुनौतिपुर्ण छ: अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्रालयले आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय लेखा तथ्याङ्क मार्फत प्रस्तुत गरेको ४.०१ अंकको आर्थिक वृद्धि हासिल गर्न चुनौतिपुर्ण भएको बताएको छ ।

कोभिड- १९ का लागि गरिने खर्च तथा स्वास्थ्य प्रणालीमा आउने सुधार अपेक्षा सहित चालू आर्थिक वर्षको आर्थिक वृद्धि ४.०१ प्रतिशत हुने प्रारम्भिक प्रक्षेपण गरिएको भएपनि अब उक्त वृद्धिदर हासिल गर्न चुनौतिपुर्ण रहेको अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले बताए ।

कोभिड -१९ दोस्रो लहरका कारण मुलुकमा निषेधाज्ञाका जारी रहेकाले उक्त वृद्धि हासिल नहुने देखिएको हो ।

अर्थमन्त्रालयले चालू आर्थिक बर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै आर्थिक वर्ष २०७६/७७ को आर्थिक वृद्धि २.१ प्रतिशतले ऋणात्मक बनेको बताएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *