रामेछाप । अमेरिकास्थित नेपाली संस्था डाँफे फाउन्डेसनले एनसीसीडीएफको सहकार्यमा रामेछापको स्वास्थ संस्थालाई ५ थान इलेक्ट्रोनिक अक्सिजन कन्सनटेरर्स सहयोग गरेको छ ।
कोभिड–१९ का कारण विश्वमा महामारी फैलिएसगैँ संक्रमितले अक्सिजन अभावमा ज्यान गुमाइ रहेको अवस्थामा फाउण्डेसनका डा. दिपेन कडरीयाले उक्त सामाग्री सहयोग गरेका हुन् ।
अमेरिकामा रहेका पंकज खड़काको विशेष पहलमा उक्त सहयोग प्राप्त भएको र एनसीसीडीएफमार्फत सामाग्री बुझी रामेछाप पठाइएको पराग खड़काले जानकारी दिए ।

Leave a Reply