एमाले नेता तथा पूर्व सांसद रत्न प्रसाद शर्माको निधन

काठमाडाैं। कोरोना संक्रमणबाट अस्पताल भर्ना भएका नेकपा एमालेका नेता तथा पूर्व सांसद रत्न प्रसाद शर्माको बुधवार राति निधन भएको छ ।
बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना भएका न्यौपानेको कोरोना रिपोर्ट नेगेटिभ आए पनि निमोनियाका कारण स्वास्थ्यमा सुधार हुन नसकेको एमाले केन्द्रीय सदस्य तथा दैलेख जिल्ला सहइन्चार्ज विष्णु रिजालले बताए ।

न्यौपाने २०५६ सालको आम निर्वाचनमा जाजरकोटबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । एमाले कर्णाली प्रदेश कमिटी सदस्य रहेका न्यौपाने सांसदबाट निवृत्त भएपछि जीविकोपार्जनका लागि काठमाडौंमा किराना पसल चलाएर बसेका थिए ।

जाजरकोटमा एमाले पार्टी स्थापना गर्नेमध्येका एक रहेका शर्माले लामो समय जिल्लाको नेतृत्व गरेका थिए ।

Comments

One response to “एमाले नेता तथा पूर्व सांसद रत्न प्रसाद शर्माको निधन”

  1. Ramchandra Gharti Avatar
    Ramchandra Gharti

    (एमाले कर्णाली प्रदेश कमिटी सदस्य रहेका न्यौपाने सांसदबाट निवृत्त भएपछि जीविकोपार्जनका लागि काठमाडौंमा किराना पसल चलाएर बसेका थिए )। यसो भनेर लेखिएको साँचो होइन, उहा सक्रिय राजनीतिमै हुनुहुन्थ्यो र निरन्तर जाजरकोटको भूगोलमा राजनीतिमै हुनुहुन्थ्यो, छोरो काठमाडौं डाक्टर भएकोले उपचारको लागि मात्र जानु भएको थियो , भूगोल छोडेर कमै मात्र काठमाडौं जानुहुन्थ्यो >

Leave a Reply

Your email address will not be published. Required fields are marked *