विरोधीलाई जवाफ दिउँ- विद्या भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउँ

हामीले चिनेजानेका बरिष्ठ पत्रकार तथा एकजना नागरिक अगुवा कनकमणी दीक्षितले जेठ ९ गते गरेको ट्वीट र त्यसमा प्राप्त प्रतिक्रिया पढेपछि राष्ट्रपति विद्यादेवी भण्डारीको बारेमा फेरि एकपटक लेख्न बाध्य भइयो ।

दीक्षित लेख्नुहुन्छ- आफूलाई फेमिनिस्ट बताउने धेरै महिला/पुरुषको वर्तमान राष्ट्रपतिलाई हेर्ने आँखा र बोल्ने बोली स्त्रीद्धेषी छन्,अरुको के कुरा गरौं । राजनीतिक आलोचनाको अधिकार प्रयोग गर्दा यतातिर लाग्नु पर्ने कुनै कारण छैन ।

हिजो यस्तो जमाना थियो उनीहरु लेख्थे,उनीहरु टिभीमा बोल्थे, रेडियो बोल्थे । हामी सिर्फ उनीहरुका पुर्वाग्रही विचारका पाठक र दर्शक स्रोतमात्र थियौं । आज हामी फेसबुकमा छौं, ट्वीटरमा छौं, युट्युबमा पनि छौं र मौका मिले मूलधारका मिडियामा पनि आफ्ना बिचारबाट उनीहरुको प्रतिवाद गर्न सक्षम भएका छौं ।

उहाँ दीक्षितले नै सोही ट्वीटमा प्राप्त प्रतिक्रियाहरुको जवाफ दिने क्रममा ट्रोलिङको भयबाट धेरै विचार-निर्माणकर्ता तर्केको अवस्था छ । मलाई पनि अलि अलि डर लाग्छ भन्नुभएको छ ।

वास्तवमा आज नेपाली मिडिया र सोसल मिडिया पहुँचमा रहेकाहरुको सबैभन्दा ठूलो समस्या नै यहि हो । हामी राजनीतिक दलसँग आबद्ध युवा कार्यकर्ता ट्वीटरमा आएर प्रतिवाद गर्न थालेपछि इने गिनेका बिद्धान लेखकदेखि सम्पादकहरुले ‘अरिंगाल,साइबर स्याल,राज्य संरक्षित’ जस्ता घृणायुद्ध गाली लेख्दै मूलधारका मिडियामा विष वमन गरिरहेका छन् ।

हिजो यस्तो जमाना थियो उनीहरु लेख्थे,उनीहरु टिभीमा बोल्थे,रेडियो बोल्थे । हामी सिर्फ उनीहरुका पुर्वाग्रही विचारका पाठक र दर्शक स्रोतमात्र थियौं । आज हामी फेसबुकमा छौं,ट्वीटरमा छौं,युट्युबमा पनि छौं र मौका मिले मूलधारका मिडियामा पनि आफ्ना बिचारबाट उनीहरुको प्रतिवाद गर्न सक्षम भएका छौं ।

त्यसैले उनीहरुको सिण्डिकेटमाथि धावा बोल्ने युवा सचेत जमात उनीहरुका लागि साइबर टाउको दुःखाइ भएका छन् । उनीहरुको विचार सिण्डिकेटको सभ्य भाषामा प्रतिवाद गर्दा सामाजिक सन्जालमा ब्लक गरेर,मूलधारका मिडियामा साइबर क्राइमको वकालत गर्नेहरुका शब्द कति घृणायुक्त र साइबर क्राइम योग्य छन् ?

राष्ट्रपति संस्था होइन व्यक्ति विद्या भण्डारीमाथि समाजले चिनेका र मिडियामा कोलम ओगट्ने कथित लेखक सम्पादकले प्रयोग गरेका शब्द असभ्यमात्र होइन,स्त्रीद्धेषी र यौनिक हिंसा गर्ने खालका छन् । कनकमणी दीक्षित जस्ता स्वतन्त्र व्यक्तिहरु समेत यिनीहरुको ट्रोलिङको शिकार बन्छन् ।

हिम्मत भए प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याएर हटाउ । सरकारलाई ढालेर देखाउ । राष्ट्रपतिविरुद्ध महाअभियोगका धम्की दिनेहरुको ह्याउ भनेको केही गर्न नसकेर सोसल मिडिया र आफ्ना खल्तिका मिडियाबाट चरित्रहत्या गर्ने धन्दा चलाइदैछ भन्ने सबैले बुझेकै कुरा हो ।

नेपालको संविधानले राष्ट्रपतिलाई के कति अधिकार दिएको छ र राष्ट्रपतिले सम्पादन गर्ने कार्य के हुन् भन्ने सबैलाई थाहा छ । मन्त्रिपरिषदको निर्णय जुन प्रधानमन्त्रीमार्फत सिफारिस हुन्छन् तिनीहरुलाई कार्यन्वयन गर्नु राष्ट्रपतिको संवैधानिक दायित्व हो ।

राष्ट्रपतिले रामवरण यादवले जस्तो मन्त्रिपरिषदको सिफारिस नमानेर प्रधान सेनापति थमौति गरे जस्तो असंवैधानिक काम गर्नुपथ्र्यो भन्ने उनीहरुको कुरा हो भने फरक हो । नत्र भने राष्ट्रपतिले गर्ने कामको जस अपजसको जिम्मेवारी सरकारलाई हुन्छ ।

हिम्मत भए प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याएर हटाउ । सरकारलाई ढालेर देखाउ । राष्ट्रपतिविरुद्ध महाअभियोगका धम्की दिनेहरुको ह्याउ भनेको केही गर्न नसकेर सोसल मिडिया र आफ्ना खल्तिका मिडियाबाट चरित्रहत्या गर्ने धन्दा चलाइदैछ भन्ने सबैले बुझेकै कुरा हो ।

राष्ट्रपतिले हालैमात्र चीनका समकक्षी सी जिनपिङसँग करीव एक घण्टा टेलिफोन वार्ता गर्नुभयो । त्यसको लगत्तै चीनले उहाँको आग्रहमा १० लाख खोप अनुदानमा दिने घोषणा गर्यो । अरु खोप पनि नेपाललाई चीनले दिने भन्यो ।

भारतका राष्ट्रपतिलाई पत्र लेखेर उहाँले पहिलो डोज खोप लगाएका १७ लाख भन्दा बढी जनतालाई दोस्रो डोज खोप उपलब्ध गराउन विशेष आग्रह गर्नुभयो। सायद त्यसको परिणाम आउला ।

आज खोपको लागि सरकार जसरी लाग्यो,राष्ट्रपतिले अभिवभावकत्व लिनुभयो । राष्ट्रपतिले यो अग्रसरता लिएका चीन जस्तो विश्वको शक्तिसाली मुलुकका कार्यकारी राष्ट्रपतिले दिएको रेन्सपोन्स सामान्य कुरा होइन । हुन त विद्या भण्डारी महिला भएका कारण र एमालेको नेतृत्वबाट अघि बढेका कारण मन नपराउनेहरुले उहाँका यस्ता सत प्रयासको प्रशंसा गर्छन् भन्ने सोच्नु हुन्न ।

महिलाको प्रतिनिधित्वको ठूला डंका पिट्ने हामीले मिडियाहरुमा देखे सुनेकै महिला अधिकारकर्मी, महिलावादी र महिला अभियन्ता भनिनेहरु नै विद्या भण्डारीलाई कठपुतली राष्ट्रपति भनेर गिज्याउँदै डाह प्रकट गर्दै छन् ।

तर राष्ट्रपतिको भूमिका,संवैधानिक सीमा र विद्या भण्डारी आफ्नै राजनीतिक इतिहासको हेक्का राख्ने हो भने बजारमा बौद्धिक सिण्डिकेट खडा गर्नेहरुका हौवाबाट कति पनि बिचलित हुन जरुरी छैन । यिनको पेशा विरोध गर्ने हो,विद्या भण्डारीको दायित्व मुलुकको अभिभावकत्व गर्ने हो ।

यसकारण विद्याको विरोध

नेपालमा मिडियामात्र होइन सोसल मिडियामा समेत विचार निर्माणको ठेक्का हाम्रोमात्र हो भन्ने जमात छ । तिनीहरुको निशानामा विद्या भण्डारी परेको यो पहिलो पटक होइन । विद्या भण्डारीले महिलालाई अंश, वंश र प्रतिनिधित्वमा समान हकको लागि संसद र सडकमा संघर्षको नेतृत्व गर्न थालेपछि नै उहाँ विरुद्ध चरित्रहत्याको धन्दामा लागेको जमात नै आज पनि पनि छ ।

नेपालमा महिला राष्ट्रपति किन नहुने ? प्रधानमन्त्री र संवैधानिक निकायको प्रमुख किन नहुने ? भनेर वहस चलाउने त्यही कथित फेमिनिस्ट भन्नेहरुको जमात नै विद्या भण्डारी पहिलो पटक राष्ट्रपति हुँदा सबैभन्दा विरोधी बन्यो ।

उनीहरुमा विद्या भण्डारीले जुन धारको राजनीति र महिला मुक्ति आन्दोलनको नेतृत्व गनुृभएको थियो त्यसप्रतिको पुर्वाग्रह उहाँ राष्ट्रपति हुँदा विष जसरी पोखिएको हामीले भुलेका छैनौं ।

महिलाको प्रतिनिधित्वको ठूला डंका पिट्ने हामीले मिडियाहरुमा देखे सुनेकै महिला अधिकारकर्मी,महिलावादी र महिला अभियन्ता भनिनेहरु नै विद्या भण्डारीलाई कठपुतली राष्ट्रपति भनेर गिज्याउँदै डाह प्रकट गर्दै छन् ।

जानकी मन्दिरमा विधवाले टेकेर अपवित्र भयो भन्दै चोख्याइदा त्यसलाई समर्थन गर्ने जमात पनि तीनै थिए । नाम लिनु पर्दैन सबैका अनुहार तीनले लेख्ने पत्रिका,बोल्ने टिभी,रेडियो र तीनका फेसबुक ट्वीटरका फ्रोफाइल हेरेपछि नाम झलझली आइहाल्छन् ।

तिनीहरु कहिले सेतो सारी लाउनेहरुले राजनीति बिगारे भनेर बोल्छन्,कहिले विद्या भण्डारीको एकल महिला हुनुलाई यौनिक हिंसाका शब्द प्रहार गर्छन् वा त्यस्ता प्रवृतिलाई रिट्वीट र शेयरिङ गर्छन् । अनि तिनीहरु नै एमालेको पूर्णता नपाइसकेको स्थायी कमिटीमा महिला भएनन् भनेर ठूला ब्यानर न्युज बनाउछन् ।

तिनी मान्छेहरु विद्या भण्डारीहरु संवैधानिक पदमा पुग्दा आफ्नो डाह,आरिस पुर्वाग्रहलाई चरित्रहत्याको सहारा लिएर आलोचना गरिरहेका छन् । महिलाका केही कुरामा खोट लगाउने ठाउँ पाएनन् भने मान्छेहरु चरित्र उधिन्न थाल्छन् ।

पहिलो महिला प्रधानमन्त्री किन नबन्ने ?

राष्ट्रपति पदमा जनातको छोरी निर्वाचित भएको त्यो सफेदपोश जमातलाई रुचेको छैन । सिण्डिकेट जमातले मानेका महिला मात्र नेतृत्वको लागि योग्य हुन् । दुःख कष्ट र संघर्ष गरेर राजनीतिको सोपानमा पुगेका विद्या भण्डारी जस्ता महिला उनीहरुका लागि अपाच्य हुनु स्वभाविक हो ।

हिजो रामवरण यादव राष्ट्रपति हुँदा कोइराला पक्षीय कांग्रेसका कार्यालय शीतल निवास बन्यो भनेर विमलेन्द्र निधीले बोल्दा चुपचाप लाग्नेहरु आज शीतल निवास एमाले कार्यालय भयो भन्दैछन् ।

यस्ता आरोपका कुनै अर्थ छैन,अब हामी बोल्नैपर्छ विद्या भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किनुपर्छ । यी र यस्ता कथित फेमिनिस्ट अनि पेशेवर विरोधीहरुको शेखी झार्नकै लागि भए पनि उहाँलाई शीतल निवासबाट सिधै मदननगर बल्खुमा फर्काउनुपर्छ ।

जसरी जनताको छोरी गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपति बन्नुभयो त्यसैगरि नेपालको पहिलो महिला प्रधानमन्त्री विद्या भण्डारीलाई बनाउन नेपालको कुनै संविधानले रोक्दैन । एमालेको उपाध्यक्ष हुँदा हुँदै पार्टीले राष्ट्रपति बनाएर पठायो,जुन उहाँको चाहना थिएन ।

पार्टी निर्णय मानेर उहाँ राष्ट्रपति बन्नुभयो । एमालेको अध्यक्ष हुनुभन्दा अघि नै उहाँ राष्ट्रपति भएपछि पार्टीको सदस्यबाट राजीनामा दिनुभयो । नेपालको संविधानले राष्ट्रपति भएको व्यक्ति सक्रिय राजनीतिमा फर्किन पाइदैन,अर्थात प्रधानमन्त्री बन्न पाइदैन भनेको छैन ।

तिनी मान्छेहरु विद्या भण्डारीहरु संवैधानिक पदमा पुग्दा आफ्नो डाह,आरिस पुर्वाग्रहलाई चरित्रहत्याको सहारा लिएर आलोचना गरिरहेका छन् । महिलाका केही कुरामा खोट लगाउने ठाउँ पाएनन् भने मान्छेहरु चरित्र उधिन्न थाल्छन् ।

नेपालमा कथित विचार निर्माण गर्ने हौं भन्ने जमात र पेशेवर विरोधी मिडियाहरुलाई थप पीडा दिनका लागि पनि विद्या भण्डारीलाई राजनीतिमा फर्काउनुपर्छ भन्ने आवाज बुलन्द गरौं । नीति नियम,पद्धति प्रणाली र अन्तर्राष्ट्रिय अभ्यासले पनि सेरेमोनियल राष्ट्रपति बनेको व्यक्ति कार्यकारी प्रधानमन्त्री बन्न पाइदैन भनेको छैन ।

र,अन्तिममा बरिष्ठ पत्रकार दिदी बबिता बस्नेतले लेखेका यी पंक्ति पढौं र महिला भएकै कारण विद्या भण्डारीमाथि आक्रमण भएको हो भन्नलाई यति सशक्त पंक्ति भए अरु कुनै दसी प्रमाण चाहिन्छ र ?

उहाँ लेख्नुहुन्छ- यदि विद्यादेवी भण्डारी प्रधानमन्त्री र केपी शर्मा ओली राष्ट्रपति हुनुभएको अवस्थामा अहिलेको जस्तो राजनीतिक परिस्थिति बनेको भए निश्चय नै प्रधानमन्त्रीलाई राष्ट्रपतिले खल्तीको झैँ बनाए भनी टिप्पणी गरिने थियो । हाम्रो समाजमा महिला र पुरुषलाई हेर्ने दृष्टिकोण र मापदण्डहरू फरक छन्, चाहे त्यो घर(परिवारमा होस् या राज्यसत्तामा । अहिले कमेडीका रूपमा बनाइएका केही गीत र मनोरञ्जनका लागि बनाइएका केही कार्टुनहरू अमर्यादित मात्र होइन आपत्तिजनक छन् ।

Comments

15 responses to “विरोधीलाई जवाफ दिउँ- विद्या भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउँ”

  1. टीका Avatar
    टीका

    राम्रो बिस्लेसन छ । भएको यहि हाे ।

    1. Devi wagle Avatar
      Devi wagle

      निकै वास्तविक र मार्मिक

  2. Ram Bahadur shahi Avatar
    Ram Bahadur shahi

    लेख अत्यन्त सान्दर्भिक छ। मन छोयो।

  3. NIRMAL HUMAGAIN Avatar
    NIRMAL HUMAGAIN

    आफ्नो समुह अनि गुटकै चस्मा लाएर महिला योगदानहरुको चर्चा हुने रहेछ । यत्तिको ज्ञाताले अष्टलक्ष्मि अनि रामकुमारिहरुलाई पनि सम्बोधन गरेको भए लेख स्वागतयोग्य हुने थियो ।

    1. इन्द्र बास्ताेला Avatar
      इन्द्र बास्ताेला

      अस्मिताजीकाे बाेलीमा लाेली मिलाएर सहमति जनाउन मन लाग्याे ।

  4. Govind bist Avatar
    Govind bist

    Supporting to make prime minister by bidhya bhandari is how much suitable? Afjter state president making p. M. Is respect less work. This article writer is saying to bidhya should make p. M. Is in which purpose right?

  5. Ram Krishna Sharma Avatar
    Ram Krishna Sharma

    २ कुरा..
    १. राष्ट्रपति विद्या भण्डारी एकजना महिला भएर त्यो पदमा पुगेकी हैनन, वलीकि हितैषी भएर पुगेकी हुन् भन्ने जगजाहेर छ । अष्टलक्ष्मीलाइ मूख्यमन्त्री हुनबाट रोक्न वलीले के के गरे सबै जगजाहेर छ । विद्या संघर्षबाट हैन मदनको विरासतबाट राजनीतिमा उदाएकी हुन् र केही व्यापारिक घराना र वलीको अाशिर्वादमा पार्टीको शीर्ष तहमा पुगेकी हुन् । यदि साँच्चिकै संघर्षबाट उदाएको भए उनले राष्ट्रपति भइसकेपछि कल्याणकारी कार्यक्रमको नेतृत्व गर्ने थिइन । विभेदमा परेका महिलाहरूका पक्षमा उनले के काम गरिन् ? दलित, मुस्लिम, अल्पसंख्यक महिलाहरूको पक्षमा उनले के गरिन् ? उल्टो अष्टलक्ष्मीहरूको राजनैतिक जीवन कसरी समाप्त पार्न सकिन्छ भनेर दाउपेचमा लागिरहिन् । होला यो लेख्ने बहिनीलाइ विद्याले दशैँमा टिका लगाइदिइ होलिन्, यत्तिका भरमा महिला राष्ट्रपति भएकोमा गर्व गर्नुपर्छ भन्ने छैन । प्रश्न, तमाम नेपाली महिलाका लागि विद्या कति अनुशरणीय बनिन् र एकजना महिला ठूलो पदमा हुँदा समाजमा के फरक पर्दो रहेछ भनेर देखाइन कि देखाइनन् भन्ने हो ।
    २. “राष्ट्रपतिले रामवरण यादवले जस्तो मन्त्रिपरिषदको सिफारिस नमानेर प्रधान सेनापति थमौति गरे जस्तो असंवैधानिक काम गर्नुपथ्र्यो भन्ने उनीहरुको कुरा हो भने फरक हो ”
    यहि वाक्यबाट थाहा हुन्छ, तिमि चेतना, विवेक र ज्ञानमा हैन, भावनामा लेख्छ्याै नानी । तिमिसँग राजनैतिक मेमोरी छैन । उ बेला तिम्रा बा वली नै प्रधानसेनापति थमाैति गरिदिन पर्यो भनेर यादवकहाँ पुग्दा तिमीहरू पनि थमाैति गर्नुपर्छ भनेर उफ्रिरहेका थियाै । अहिले चाँहि असंवैधानिक भन्ने लाग्यो ??

  6. ishwor subedi Avatar
    ishwor subedi

    एक्दमै राम्रो विश्लेषण । पुरुष प्रधान मनोवृत्तिलेकाम गरेकै हो।

  7. राजिव जङ्ग थापा Avatar
    राजिव जङ्ग थापा

    यि नानि लाइ बिचरा के थाह एमाले को भित्रि कुरा कस्ले लेख्दियो नाम छपाईन कतै तर्क तथ्य पुष्टि हुदैनन

  8. बिमल ढकाल Avatar
    बिमल ढकाल

    राम्रो विश्लेशण। हो यहि हो खास कुरा

  9. Naresh Magar Avatar
    Naresh Magar

    भावनाको गहिराई मा डुबेन यो लेख, तैरिरहेको जस्तो लाग्यो तैरिने बस्तु सरह कहाँ पुगेर किनारा लाग्ने हो टुंगोमा देखिएन

  10. Cyclic Avatar
    Cyclic

    महिला भए पछी त “इम्युन टु कृटिसिज्म्” (Immune to Criticism) हुन्छन भन्ने आशय हो कि लेखिका को ? पद म रहेर पद अनुसार को व्यबहार गर्न नजान्ने अनि “वुमेन कार्ड” (Women Card) ले ढाक्छोप हुन्छ र यो दर्जा को नलायकी ? धन्न बुद्दी यी लेखिका को!

  11. अन्जान Avatar
    अन्जान

    अहिल्यै ल्याए भैगो नि सकृय राजनीतिमा l निकट भविष्यमै जनताले जमानत जफत गरेर पठाइदिनेछन् , टंटै साफ l तर छँदा-खाँदाको सिंहासन छोडेर भुइँमा ओर्लिन सक्लिन् के महारानी?

  12. मोहन थापा मगर Avatar
    मोहन थापा मगर

    हाम्रो नेपाल र नेपाली समाज मनमा संकुचित भाव बोक्नेहरुको चौघेरामा जकडिएको छ । जसले गर्दा एउटी विधवा महिलालाई दोस्रो दर्जाको रुपमा हेर्ने गरिन्छ । यो एउटा बिकृती हो जसले गर्दा सामाजिक रुपान्तरणको कार्यमा यस्ता खालका बिकृतिपुर्ण सोंचहरु बाधक बनेर निस्कन्छन । यस्ता कुबिचारहरुलाई समाजबाट निर्मुल गर्नको लागि तपाईं हामी हातेमालो गरेर परिवर्तनका कार्यमा अगाडि बढ्नु पर्छ । अस्मिता थापा जी लेखको निम्ति तपाईंलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु । सम्भव भए मेरो ईमेलमा सम्पर्क गर्न नबिर्सनु होला ।

  13. aroon Avatar
    aroon

    यी नानि ओलि को निकटम ब्यक्ती हो यति नलेखे नुन को सोझो कहा हुन्छत

Leave a Reply

Your email address will not be published. Required fields are marked *