यसकारण हामीले संसदीय मर्यादा नाघेर देउवाको पक्षमा दस्तखत गर्‍यौं

नेपालको राजनीतिमा भारत जहिले जोडिएर आएको छ, अभिन्न अंगका रूपमा रहेको छ । हाम्रा पूर्खाहरूले जहिले जहिले यो राष्ट्रको निर्माण गर्दै गए, अगाडि बढ्दै गए हिजोको भारत र आजको भारतसँग हाम्रो राष्ट्र निर्माणको प्रक्रिया जोडिएको छ ।

हामीले जहिले भारतको दबाबलाई झेल्न सक्यौं, तेहिले राष्ट्रलाई बलियो र सुरक्षित बनायौं । जहिले हामीले चाहिँ दबाब झेल्न सकेनौं, हाम्रा इतिहासका शासकहरूले घुँडा टेके हाम्रो राष्ट्रले शीर निहुर्‍याउनु पर्‍यो ।

सधैँभरी यस्तो हुँदै-हुँदै आइरहेको छ । भारत र नेपालका अन्तरविरोध अनि भारत र पश्चिमका अन्तरविरोध बुझ्नुपर्छ । अनि भारतका र चीनका फेरि अन्तरविरोध छन् । इतिहासका करिब ५ वर्षदेखि पछिल्लो ७० वर्षको द्वन्द्वको इतिहास पनि हामीले बुझ्नुपर्छ ।

यसले गर्दा पश्चिम र चाइनाको अन्तरविरोध, त्यसमा हामी चाइनका छिमेकी, त्यसमा हामी कम्युनिष्ट पार्टी, नेपाल र भारतको अन्तरविरोध, त्यसमा हामी कम्युनिष्ट पार्टी भएको हुनाले र भारतीय शासकसँग हाम्रा कतिपय अन्तरविरोधहरू भएकाले नेपालमा कम्युनिष्ट पार्टीका लागि सधैँभरी एउटा चुनौती छ ।

अहिले एउटा खास परिस्थिति बन्यो अस्ति एकीकृत भइसकेपछि नेकपा माओवादी अहिले छुट्टिएको छ । र, नेकपा माओवादी आफ्नो एलाइन्सका लागि पनि नेकपा (एमाले) भित्र विभाजन चाहन्छ ।

खासगरी एउटा बेलामा २००७ सालपछि अथवा चीनमा कम्युनिष्ट पार्टी गठन भएपछिको कुरामात्र होइन त्यो भन्दा अघिदेखि नेपालले चीनसँग पनि लडेको छ र भारतका रजौटाहरूसँग पनि लडेको छ । त्यो दौरानमा पनि नेपालमा यी प्रोसेसहरू उत्तर र दक्षिण जहिल्यै प्रतिस्पर्धी रहँदै आएका छन् ।

यो कुरा बुझिएन भने हामी अघि बढ्न सक्दैनौं । नेपालमा यति ठूलो कम्युनिष्ट पार्टी यत्रो जनमत भनेको ती शक्तिका लागि चुनौती थियो । र आज पनि यो उनीहरूका लागि चुनौती हो । नेपालमा साँच्चिकै लोकतान्त्रिक स्थिरता भनेको आफैंले आफ्नो निर्णय गर्ने क्षमता हो । त्यसलाई कमजोर पार्ने विभिन्न घटनाक्रमहरू हुन्छन्, भइराखेका छन् ।

अर्को कुरा, हाम्रोभित्रको कुरा छ । नेपालमा लामो समयदेखि कांग्रेस र हामीहरू प्रतिस्पर्धी शक्ति हौं । त्यसले गर्दा कांग्रेसले हामीलाई कमजोर पार्ने र हामीले कांग्रेसलाई कमजोर पार्ने एकदमै राजनीतिक कुरा हो ।

कांग्रेसको उदार पुँजिवादी दिशा हो भने कम्युनिष्टको दिशा समाजवाद हो । त्यसले गर्दा हाम्रा वैचारिक भिन्नता छन् । कांग्रेस र हाम्रो सम्बन्ध सधैँभरि प्रतिस्पर्धापूर्ण छ । त्यसकारण हामीलाई विभाजित गर्नु कांग्रेसले पनि सधैँ चाहिराख्ने कुरा भयो ।

हामीकहाँ अर्को एउटा फ्याक्टर पनि छ । विभिन्न कारणले गर्दा राजावादी शक्तिहरू, त्यो राजनीतिक रूपमा संगठित छैन । तर, एकखालको राजावादी सोच विचारहरू हाम्रो राजनीति र हाम्रो समाजमा छन् । ती शक्तिहरू पनि हामीलाई कमजोर पारेर त्यो खरानीमा आफ्नो रोटी सेक्न सकिन्छ भनेर दरबारीयाहरूले पनि सोच्ने कुरा हो ।

अहिले एउटा खास परिस्थिति बन्यो अस्ति एकीकृत भइसकेपछि नेकपा माओवादी अहिले छुट्टिएको छ । र, नेकपा माओवादी आफ्नो एलाइन्सका लागि पनि नेकपा (एमाले) भित्र विभाजन चाहन्छ ।

यी राजनीतिक कुरा हुन् । हामीले देखेरै चल्नुपर्छ । कोसँग कस्तो सम्बन्ध राख्ने भन्दा पनि हामीले देखेरै, जानेर अघि बढ्ने कुराहरू हुन् । यी शक्तिहरू हामीलाई फुटाउन चाहन्छन् ।

पछिल्लो बेला त हामीले देउवालाई प्रधानमन्त्री बनाउन पनि गयौं । यसमा धेरैको टिप्पणी छ, धेरैले सोधिराख्नुभएको छ यसको औचित्य के हो भनेर । यो हामीले हामीभित्रका सीमाहरूलाई उल्लंघन गरेर मुलुकको संविधान बचाउन खोजेका हौं । सबै कुरा त्याग गरेर, सबै कुरा बलिदान, दाउमा राखेर संविधान र संसद बचाउन खोजेका हौं ।

माओवादीको आफ्नो इन्ट्रेष्ट छ, माओवादीको र भारतको हाम्राप्रति हेर्ने कुरामा एउटै दृष्टि छ भन्न हुँदैन हामीले । विभिन्न कारणले, आ-आफ्ना इन्ट्रेष्टका कारणले कांग्रेस, राजावादी, माओवादी, भारतजस्ता शक्तिहरू नेकपा एमालेको विभाजन देख्न चाहन्छन् ।

अब अहिले के भयो भने, कम्युनिष्ट पार्टीमा नेकपा एमालेमा कमरेड ओली आउनुभयो । ओलीको त्यो अहंकार र दम्भमा सत्ता मिसियो । शक्ति र अहंकार मिलेपछि, त्यो अहंकारको रक्षाका लागि उहाँले जोसुकै माथि आक्रमण गर्नु हुने भयो । जस्तोसुकै अपराध गर्न उहाँ तयार हुनुभयो ।

उहाँले हिजो त्यो कारणले एकीकृत पार्टी फुटाउनुभयो र अहिले उहाँले फेरि नेकपा एमाले पनि फुटाउन चाहनुभएको छ । मैले कमरेडहरूलाई एउटा खतरातर्फ के इंगित गर्दैछु भने, हामीलाई विभाजित गर्न चाहने शक्तिहरू बाहिर त छँदैथिए । अहिले हामीभित्रै पनि, कम्युनिष्ट पार्टीभित्रै पनि, एमालेभित्रै पनि कमरेड ओलीजी थपिएपछि समस्या आज नेकपा एमालेको समस्या हो । यसलाई चानचुने समस्याका रूपमा नबुझौं ।

यसलाई ओलीजीसँगको हाम्रो अन्तरविरोध वा उहाँसँग नमिलेको कुरामात्र भनेर बुझ्नु हुँदैन । यो राष्ट्रले लोकतान्त्रिक स्थिरताका साथ विकास गर्न चाहने यो पक्रियामा आएको अवरोध हो भनेर बुझ्नुपर्छ ।

हामीकहाँ सामाजिक, सांस्कृतिक रूपमा जरा गाडेका पार्टी भनेको फेरि पनि कांग्रेस हो र फेरि पनि नेकपा एमाले हो । यी दुईटा पार्टी कमजोर भए भने राष्ट्रिय मामिलामा खतरा आउँछ ।

कांग्रेस कमजोर भयो भने र एमाले बलियो भयो भने पनि राष्ट्र कमजोर हुँदैन । एमाले कमजोर भएर कांग्रेस बलियो भयो भने पनि त्यो खतरा रहन्न । तर दुवै शक्ति कमजोर भयो भने लोकतान्त्रिक स्थिरता कमजोर हुन्छ र राष्ट्र कमजोर हुन्छ ।

कम्युनिष्ट पार्टीको नेतृत्वमा राष्ट्र बनाउने हाम्रो उद्देश्य हो । त्यसो गर्दा आज नेकपा एमाले कमजोर हुनु भनेको नेपालको समाजवादको र समृद्धिको भविष्य कमजोर हुने हो । यसका जराजुरी उखेलिने, नेकपा एमाले कमजोर हुने भनेको यसका जराहरू कमजोर हुने हो ।

हामी एमालेको एकता बचाउन चाहन्छौं भन्नुको अर्थ राष्ट्रको एकता बलियो बनाउन चाहन्छौं भनेको हो । तर, यो एकताको बारेमा चुनौती छन् ।

हामीले गएको चैत ४ र ५ गते जुन निर्णय गर्‍यौं हामी, आत्मसमर्पण गर्दैनौं र विभाजन पनि चाहदैनौं भन्नुको मर्म यहाँनेर छ । हामीले यसलाई बुझेनौं भने मान्छेले उही नेकपा एमाले न भाले न पोथी भनेर वैद्यजीहरूले टिप्पणी गरेको पनि देखेको छु ।

तर, यो मर्ममा आधारित कुरा के हो भने चैत ४ र ५ गते हामीले निर्णय गरेको भनेको हामी समर्पण पनि गर्दैनौं र विभाजन पनि गर्दैनौं । किनभने समर्पण गर्ने भनेको ओलीजीको अहंकारको अगाडि समर्पण हो । कुनै लोकतान्त्रिक विचारका अगाडि समर्पण गर्ने होइन ।

यो पार्टीलाई कब्जा गर्ने, सत्ताका लागि जे पनि गर्दिने, जहाँसुकै जाने । पछिल्ला दिनमा असोज ५ गते जुन दिन उहाँले गोयललाई भेट्नुभएको थियो, त्यसपछि एकपछि अर्का उहाँका कदमलाई एउटा श्रृंखलामा हेर्नुहुन्छ भनेदेखि उहाँले के को सेवा गरिरहनुभएको छ भन्दाखेरि हिजो संविधान जारी हुन नदिने शक्तिहरूले पाँच-पाँच महिनासम्म हामीलाई नाकाबन्दी गरे । पछि तीनै शक्तिको उक्साहटमा लागेर ओलीजीले अस्तिनै पुस ५ गते संसद विघटन गराउनुभयो ।

अहिले फेरि अस्ति उहाँले विघटन गराउनुभएको छ र यसलाई हामीले त्यो असोज ५ गतेदेखिकै प्रक्रियामा र त्यो सिलसिलामा हेर्नुपर्छ । यो पार्टी एकतालाई उहाँले विभाजन गर्न जाँदै हुनुहुन्छ, यो कारण हामीले उहाँको विरोध गरेको हो । कमरेड ओलीको विरोध गरेको अरु कारणले होइन ।

चारजना आफ्ना चाकरलाई राजनीतिक नियुक्ति खुवाउनुभयो, संवैधानिक नियुक्ति खुवाउनुभयो होला । यसप्रति हाम्रो विरोध उहाँले विधि मिचेर यो सब गर्नुभयो भनेर त्यसका प्रतिमात्र असन्तुष्टि होइन । उहाँले खतरनाक दिशातर्फ मुलुकलाई धकेल्दै हुनुहुन्छ ।

उहाँले मुलुकलाई खतरनाक मोडतर्फ किन धकेल्दै हुनुहुन्छ भने, एउटा सानो गुटको हितका लागि, त्यसलाई पालनपोषण गर्नका लागि र आफ्नो अहंकार र सत्ताको अभ्यास गर्नका लागि उहाँले यो सबै काम गर्दै हुनुहुन्छ ।

आज हामी कहाँ छौं भन्दा नेकपा एमालेमा छौं । ओलीजीको विरोध गर्दैछौं । उहाँलाई सीमित गर्न सकेनौं भने, उहाँलाई प्रक्रिया र विधिभित्र हाल्न सकेनौं भने यो पार्टी एक रहदैन । विधि मान्ने कुराले सबैलाई एक ठाउँमा जोड्छ । विधिलाई कमजोर पारियो भने एमाले कमजोर हुन्छ ।

विधिमा सहमति भएन भने एमाले विभाजित हुन्छ । हामी विभाजित भयौं भने राष्ट्र कमजोर हुन्छ, हामीलाई फुटाउने शक्तिहरू बलिया भएर जान्छन् । त्यसले गर्दा हामी एमाले एकताको पक्षमा छौं । हामी आत्मसमर्पण गर्दैनौं भन्नुको अर्थ विधिको रक्षाको पक्षमा छौं ।

विधिको रक्षा गर्दै हामी नेकपा एमालेको रक्षा चाहन्छौं । यसको एकताको रक्षा गर्न चाहन्छौं । विभाजन त्यसकारण हामीले नचाहेको हो । त्यसले गर्दा हामीले अन्तरसंघर्ष भनेका हौं ।

बाहिरबाट हेर्दा न विभाजन न आत्मसमर्पण भन्ने कुरा अलि गहिराइमा हेर्दा नबुझिए पनि यसको मर्म एकता नै हो । यो प्रक्रियामा के भएको छ भन्दा म कमरेडहरूसँग प्राइभेट्ली भन्छु, हामीभित्रकै कुरा हो । हामीले संसदीय मर्यादा उल्लंघन गर्‍यौं ।

संसदमा उपस्थित नहुने, शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि दस्तखत गर्ने, मुद्दा मामिलामा सँगै जाने अवस्था समेत आयो । यस हिसाबले आज एमाले एक ठाउँमा छैन, भर्चुअल्ली पार्टी फुटिसकेको छ । पार्टीलाई कमरेड ओलीले त्यो ठाउँमा पुर्‍याइदिनु भएको छ ।

जहाँ हामीले संसदीय मर्यादाहरू समेत उल्लंघन गर्नुपर्ने ठाउँमा किन पुग्यौं भन्दा उहाँले मुलुकलाई निरन्तर अरुले चाहे जस्तो, वैदेशिक शक्तिले चाहेजस्तो, अर्को कुनै पार्टीले चाहे जस्तो विभाजनको दिशामा निरन्तर लगि राख्नुभयो भयो ।

पछिल्लो बेला त हामीले देउवालाई प्रधानमन्त्री बनाउन पनि गयौं । यसमा धेरैको टिप्पणी छ, धेरैले सोधिराख्नुभएको छ यसको औचित्य के हो भनेर । यो हामीले हामीभित्रका सीमाहरूलाई उल्लंघन गरेर मुलुकको संविधान बचाउन खोजेका हौं । सबै कुरा त्याग गरेर, सबै कुरा बलिदान, दाउमा राखेर संविधान र संसद बचाउन खोजेका हौं ।

किन यस्तो भयो भने, यदि यो संविधान हिड्यो भने हाम्रो शान्ति, स्थिरता हिड्छ । लोकतान्त्रिक स्थिरताका साथ मुलुकले विकास गर्ने चाहनामाथि आक्रमण हुँदैछ । हिजो पनि भयो, अहिले पनि हुँदैछ । संविधान र संसद जोडिएका छन्, यसको बारेमा म धेरै लामो कुरा गर्दिन ।

हाम्रा यी प्रयत्नले यदि संसद जोगिन्छ र संविधान ट्र्याकमा आउछ भने हाम्रो एकताको हिसाब-किताब गर्दै गरौंला । हामीले आत्मालोचना गरौंला, मूल्यांकन गरौंला, माफी मागौंला, कारवाही भोगेर भने पनि जाउँला । हामी त्यो तत्परताका साथ संविधान र संसद जोगाउनका लागि अगाडि गएका छौं । मुद्दाको हिसाबले बलियो मुद्दा छ, हामीले जित्ने मुद्दा छ ।

सेटिङले मात्र हराउन सक्छ भनेर हामीले अस्ति नै पनि भनेका थियौं । आज पनि पनि त्यो साँचो हो । पहिलो मुद्दामा सेटिङले हार्‍यो । बीचमा दुईटा पार्टीलाई छुट्याउने कुरामा नांगो तरिकाले न्यायाधीशहरू समेत संलग्न भएर हामीलाई विभाजित गरिदिए । यो त्यही षडयन्त्र हो, बाहिरको समेत षडयन्त्रमा कम्युनिष्ट पार्टीलाई फुटाइएको थियो भन्ने कुरामा हामीले राखेर जानुपर्छ ।

र, अहिले फेरि यसलाई फुटाउन खोजिएको छ । हामी संसदलाई ट्र्याकमा राख्न, संसदलाई बचाउन केही समय लिन खोजेका छौं । त्यो समय पार्टी एकताका लागि पनि समय रहनेछ ।

नेकपा एमालेको सारा परिवारलाई ओलीजीले के गरिरहनुभएको छ भन्ने कुरा बताउनका लागि पनि हामीलाई समय चाहिएको छ । रणनीतिक हिसाबले हाम्रो संविधानको रक्षा गर्ने, रणनीतिक हिसाबले संसदको रक्षा गर्न र राजनीतिक हिसाबले जनतालाई, पार्टी पंक्तिलाई बताउनका लागि पनि केही समय चाहिएकाले हामी यो ठाउँमा पुगेका छौं ।

बीचमा दुईटा पार्टीलाई छुट्याउने कुरामा नांगो तरिकाले न्यायाधीशहरू समेत संलग्न भएर हामीलाई विभाजित गरिदिए । यो त्यही षडयन्त्र हो, बाहिरको समेत षडयन्त्रमा कम्युनिष्ट पार्टीलाई फुटाइएको थियो भन्ने कुरामा हामीले राखेर जानुपर्छ ।

यो संसद ब्युँतिन्छ । यदि ब्युँतिदै ब्युँतिएन भने यसका विरुद्ध कसरी लड्ने हो यो मुद्दा फैसला हुँदा हामीलाई हराइयो भने यो डरलाग्दो अवस्था हुनेछ । त्यसलाई हामी त्यही बिन्दुमा हाम्रो लडाइँ जारी राख्ने छौं । पार्टी एकताको कुरा हामी त्यस अर्थमा गरिरहेका छौं ।

कमिटीका हिसाबले त ओलीजीले पार्टी फोडिसक्नुभयो । प्रक्रियाका हिसाबले फोडि नै सक्नुभएको छ । एउटा भावनात्मक हिसाबले एमाले परिवार, एमाले पंक्ति भन्ने चिज बाँकी छ । हो त्यो पंक्तिलाई हामीले बताउनुपर्नेछ । हामीले मात्र ओलीजी खराब भन्ने बुझेर पुग्दैन, त्यो पंक्तिले पनि बुझ्नुपर्छ । त्यसका लागि नि हामीलाई समय चाहिएको छ ।

अर्को कमिटी बनायौं, अर्को पार्टी दर्तै गर्‍यौं भने पनि हामी एकताको पक्षमा अगाडि जानेछौं । हामी घाइते भएका छौं, हाम्रो मुभमेन्टले दुःख पायो, हामीलाई धेरै चोट लागेको छ । तर, हामी अन्तिमसम्म पनि यसको उपचार गर्ने र फेरि कम्युनिष्ट पार्टीलाई एकताबद्ध पार्ने अभियानमा जान्छौं ।

(माधव नेपाल पक्षीय जनसांस्कृतिक महासंघको भर्चुअल बैठकमा भुसालले गरेको सम्बोधनको सम्पादित अंश)

अडियो सुन्नुस् :

 

Comments

17 responses to “यसकारण हामीले संसदीय मर्यादा नाघेर देउवाको पक्षमा दस्तखत गर्‍यौं”

  1. laj lagyo Avatar
    laj lagyo

    lajko pasaro! kuri kuri ghanashyam . radha piyari sanga gharma bas sanyas liyar.

  2. एमाले समर्थक Avatar
    एमाले समर्थक

    ओलीजीले पार्टी फोड्नु भयो की तपाईहरुले कमरेड, समानान्तर कमिटी कस्ले बनायो ?, एउटा प्रतिपक्षले पनि लाउन नसकेको अभियोग प्रधानमन्त्रीलाई कस्ले र कुन प्रयोजनका लागि लगायो, लगाइयो?
    पार्टी भित्रको अन्तरविरोधको समाधान कुण्ठा, घातयुक्त अभियोग पत्रबाट खोज्नु उपयुक्त होला र ? ओलीले भनेकै थिए त महाधिवेशनबाट नेतृत्व परिवर्तन खोजौं, बरु छिटोभन्दा छिटो महाधिवेशन गरौं । आगामी निर्वाचनबाट म प्रधानमन्त्री हुन्न । किन यति पनि धर्य तपाईहरुमा हुन सकेन । क–कस्को स्वार्थ के थियो । कम्युनिष्ट फुटाउने पात्र तपाईँहरु हो ओली हुन् कमरेड ?
    कुराले मात्र ठीक्क नपार्नु साँचो, सत्य एमाले समर्थकले बुझेकै छन् ।

  3. एस डी Avatar
    एस डी

    बाबुलाई घरमा थुनेर छिमेकीको बाबुको अङ्गालोमा बेरिए पछि मुतको न्यानो झै केहि समय त राम मिल्ला कमरेड त्यसले केवल दासत्व मात्र प्रप्त हुने छ। समाजबादका कुरा गरेर नथाक्ने हरुले पूजिोबादीसँ टासिदा पनि अझै होस खुलेको रहेन छ। तपाई हरु जस्ता ढोगिँका कारण आज देश अस्थिरताको बाटोमा मोडिदैछ। बिधि पद्दतिका कुरा गरेर नथाक्ने जब निर्याक समय आउछ अनि पुच्छर लुकायर घोसे मुन्टो लगाई बिधिका बिरूद्ध लाग्ने तपाईहरू जस्ता ब्यक्तिले नै आन्दोलनलाई बद्नाम गर्दै हुनुहुन्छ। पदमा बस्दा सिन्को नभाच्ने सडकमा निकै कुर्ने हरू सबै ढोगी हुन। नेपलाी जनताको विकास र समृद्धिको चाहाना कोहि पूजिबादी शक्तिलाई सत्ता हस्तान्तरण गर्दैमा तपाईहरूले केपी त हटाउनु होला भोली जनताका विचमा र कार्य कर्ताका विचमा उत्तर के दिनु होला। आफै आफ्नि सरकार ढाल्ने अनि स्थिरताका कुरा गर्ने नक्कली ढाँट कुरा अव जनताले बुझि सकेका छन।

  4. Nobody Avatar
    Nobody

    यसकारण हामीले गु खायौं भन्ने बिषयमा पनि यिनले दस्तावेज लेख्न सक्ने ल्याकत राख्छन्. कठै!

  5. Pushp Kamal Subedi Avatar
    Pushp Kamal Subedi

    राजनीतिलाई विचारले निर्देशन गर्दछ तर एमालेको झगडा सिद्धान्तविहिन पदमा सिमित भयो । जव सर्वोच्चले दुई पार्टीमा डवल नेकपालाई पुराईदियो तव माधव समूहले नया पार्टीको माध्यमबाट प्रचण्ड नेतृत्व माओवादीसंग एकिकृत हुदै नया राजनैतिक धरातल सिर्जना गर्नु पर्दथ्यो । प्रचण्ड नेपाल समूहले ओली समूहलाई सिध्याउन खोजेको हो तर सर्वोच्चले सपना तुहाईदियो । सुर्य चिन्हको पछि लागेर विचारलाई वलि दिईयो । घनस्यामजी तर्कले कम्युनिष्टहरु अराजनैतिक चरित्रका हुन्छन भन्ने देखिन्छ अरु जे भन्दा पनि हुन्छ ।

  6. Pushker Kadel Avatar
    Pushker Kadel

    आजको आवश्यकता विभाजनमुखी क्रियाकलाप होइन एकता र वृहत वामपन्थी मोर्चामार्फत विचारलाई परिस्कृत गर्दै व्यापक जनतालाई आन्दोलनमा गोलबन्ध गर्नुपर्ने थियो। मुख्य नेतृत्वको नाताले केपी ओली र वरिष्ठ नेताका रूपमा माधब र झलनाथहरू बढी जिम्मेवार र संयमित हुनुपर्थ्यो। त्यसैगरी पछिल्लो पुस्ताले पक्षधरता नलिइ नेकपा (एमाले) को एकता जोगाउन दास मनोविज्ञान त्यागेर हस्तक्षेपकारी भूमिका खेलेर भएपनि पार्टीलाई विभाजनमा जानबाट रोक्नु पर्थ्यो। तर दुर्भाग्य नै भन्नुपर्छ, एकातिर रातारात कार्यदलको बैठक बसेर सहमति खोज्ने प्रयास भइरहँदा अर्कोतिर जालसाजी गरेर केपी ओलीलाई प्रमबाट हटाउन २३ जनाले शेरबहादुर देउवा पक्षमा हस्ताक्षर गरें।

    1. kp ji. Avatar
      kp ji.

      आत्मपरक बकम्फुसे लेख हेर्द उहाँ परराष्ट्रमन्त्री हुनु पर्ने पार्टी हेर्दा अध्यक्ष हुनु पर्ने बिकास हेर्दा के के हुनु पर्ने पर्ने काम हेर्दा मैले खलासी पनि योग्य लागेन है।

  7. mohansharma Avatar
    mohansharma

    तपाईं हरुहाे पार्टी झुजा झुजा पार्ने सिमित पात्र ठुलाेहिस्सा के पि काे पक्षमा छन चित्तबुझ्दो नभए महाअधिवेशन सम्म कुर्नुपर्ने,
    किन अधिवेशन ५/५ बनाकाे काम नगरे अद्यक्ष बदल्न हैन?

  8. JK Avatar
    JK

    एउटै कुरा दोहोर्याइ तेहर्याइ भनेको छ,एकातिर माओवादी एमालेमा बिभाजन चाहान्छ भन्छ अर्कोतिर नाङो रुपमा मिलोमतोबाट हामीलाई छुट्यायो भन्या छ,देउबाको खुट्टा समाएर एमाले एकताको दिग्भ्रमित चाहाना मलश्यामको,अग्रिम बधाई छ देउवाको खुट्टो समाएर आगामी निर्वाचनमा बाबुराम शैलीमा १,२ सिट हात पार्ने भयौ

  9. पि ए Avatar
    पि ए

    आफैलै औंठाछाप लगाएको कुरा त नमान्नेले बोलेको कुरा मान्छन् भन्ने पत्याउनु नै मूर्ख हुनु हो । मान्छेलाई दुई चार पटक मूर्ख बनाउन सकिन्छ, सधै सकिदैन महोदय !

  10. Bhim koirala Avatar

    क.घनश्याम काे लेख ठिक उल्टाे गरेर बुझ्दा सत्य बुझिन्छ जस्ताे लाग्याे ।

  11. स्वतन्त्र Avatar
    स्वतन्त्र

    ओली हिरो हुनेभए, ओलीलाई जसरी पनि सिध्याउनु पर्छ, नत्र हाम्रा हिरो हुने दिन नआउने भए ओली नमर्ने भए, हामी जस्ता बडेमानका नेताहरु सधै उनकै नेतृत्वमा बस्नु पर्ने भयो भन्ने कुण्ठा बोकेका माकुने, झख, बागौ, भिरा लगायतले आफ्नो फाईदाको लागि गरेको कुकर्मको परिणाम हो यो। आफ्नै पार्टीका खलासी हरुले काम गर्न नदिईएपछि म के कम भनेर ओल्बा झन के कम।
    नत्र ओलीले कमसेकम अरु प्रम भन्दा अलिक राम्रो काम गरेका छन। बिकास भाछ।

    1. bharat kumar thapa Avatar
      bharat kumar thapa

      बेतुकका कुरा जतिसुकै भनेपनि नक्कली कुरा हुन घनश्याम भुसालको ।

  12. Nagendra Avatar
    Nagendra

    पार्टि फोड्ने, भात्काउने एउटा माहिर प्यादा !! २०३९ साल देखिका यो मान्छेका गतिबिधी हेरम न !!

  13. गणेश Avatar
    गणेश

    आफ्नो लाई सक्काउन पराईलाई काँध बोक्नेलाई बिर्से जस्तो गरिएला‌ तर कुनै पनि अवस्थामा भल्ने‌ छैनन कार्यकर्ता ले ।।।
    भाग नपुग्ने बाहेक अर्को कुनै एजेण्डा होईन र रहदैन पनि ।।।
    पार्टी भित्र जस्तो सुकै कार्यक्रम ल्याओस् पार्टी निर्माण गर्न ‌जतिसुक्कै लागि परोस तर पार्टीको जोगाउन लाग्ने बेला र भोट हाल्ने बेला काम लाग्दैन त्यसको योगदान सुन्य जस्तै हुन्छ ।।।
    तपाईको बिबेक र स्वार्थ पनि बुझियो कमरेड । के.पि‌ ओलिको मात्र ‌‌होईनहरेक मान्छे मा अहंकार हुन्छ ‌‌ इगो हुन्छ, काम गर्ने स्वाभाब फरक हुन्छ ‌। के.पि‌ ओलिका‌ कतिपय कृयाकलाप समस्या कै रुपमा देखिएको पक्का हो तर तपाईहरुको बिबेक ???? अरे महाधिवेशनबाट फाल्न सकिन्छ कुर्न नसक्ने आजै फाल्नुपर्ने ??? विकास समस्या हो कि बिबेक होकि व्यक्ति गत स्वार्थ ???
    तपाई हरुको बिबेक र स्वार्थ ले गर्दा देशमानै बस्ने र केहि गर्ने निर्णय लियकोमा कति युवा पस्चातापमा छन,‌आ गनुहोस बहस गरौं ।।
    दलिय प्रणाली को घन्टौ प्रवचन दिने तपाईहोईन ??? जवाफ छ अब ? हेक्का सबैले राख्छन कमरेड

  14. तुलाराम दुलाल Avatar
    तुलाराम दुलाल

    निजी स्वार्थका कारण याे सब प्रपन्च रचिएकाे भन्ने प्रस्ट भईसक्याे । मैले भनेकाे मान्नै पर्छ भनेर जिद्दी गर्दा यी सब भएका हुन । संविधानकाे रक्षा, संसदकाे रक्षा यी सब त एउटा देखाउने दाँत मात्र हाे । तिमीहरूले भनेबमाेजिम नै गर्छु व्यवस्था मिलाउ ३ महिना भित्रमा सबै काम मिलाउ र म छाडीदिन्छु भन्दा अहिले आजै भनेर यी सबै कुराकाे शुरूवात गरिएकाे हाे । पाकेकाे भात पनि पस्किएर खान समय लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *