उपेन्द्रसँग महन्थले सोधे ७ बुँदे स्पष्टीकरण–देउवालाई किन समर्थन गरेको ?

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई ७ बुँदे स्पष्टीकरण सोधका छन् ।

जेठ ११ गते सोधिएको स्पष्टीकरणमा ठाकुरले जेठ ८ र ९ गते स्थगित गरिएको बैठक के कारणले बोलाएर एकल अध्यक्षता गरी पार्टी हित विपरित निर्णय गरेको भनेका छन् ।
त्यस्तै पछिल्लो समयमा आफूले रोक्दा रोक्दै अनधिकृत रुपमा एकल अध्यक्षतामा निरन्तर पार्टी केन्द्रीय कार्यकारिणी समितिको तथाकथित बैठकहरु बसी पार्टी हित विपरित विभिन्न खाले निर्णय किन गरेको भन्ने प्रश्न ठाकुरले गरेका छन ।

ठाकुरले मधेश आन्दोलनका माग पूरा गराउन र बन्दी रिहाई तथा अधिकार प्राप्तिको निम्ति अपूर्ण रहेको संविधान संशोधन,नागरिकता सम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले गठित कार्यदलले गरेका कामले कहाँ ठेस पुग्यो भन्ने प्रश्न समेत यादवलाई गरेका छन् ।

ठाकुरले संसदीय दलको निर्णय वमोजम संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई समर्थन गर्नु पर्नेमा त्यस विपरित शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन कुन कारणले हस्ताक्षर गरियो भन्न पश्न समेत यादवलाई सोधेका छन् ।

ठाकुरले सर्वोच्च अदालतमा पार्टी निर्णय विपरित रिट लिएर गएकोमा समेत स्पष्टीकरण मागेका छन् ।                 

Comments

One response to “उपेन्द्रसँग महन्थले सोधे ७ बुँदे स्पष्टीकरण–देउवालाई किन समर्थन गरेको ?”

  1. मधेशबाद Avatar
    मधेशबाद

    थुक्क मगन्ते, उहि थालमा खाने उहि थालमा थुक्ने।शेर बहादुरको टागी पसि १० बर्ष पछि सदनको मूख देखेका थियाै अब चूनावमा हिसाब किताब हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *