खोप लगाउने फाराममा जात उल्लेख गरेकोप्रति कलाकार यश कुमारको आपत्ती

काठमाडौं । कोरोनाको खोप लगाउनका लागि भरिने फारामका जात उल्लेख गरेकोप्रति कलाकार यश कुमारले आपत्ती जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा भिडियाेमार्फत  कोरोनाको खोप लगाउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भर्न लगाएको अनलाइन फाराममा जात उल्लेख गर्न लगाएकोप्रति उनले आपत्ती जनाएका हुन् ।

‘सायद म गलत पनि हुनसक्छु, मैले नबुझेको पनि हुनसक्छ । सायद जात हेरेर नै चीन र भारतले खोप पठाएको हुनसक्छ ।’ उनले प्रश्न गर्दै भनेका छन्, ‘मधेशी भनेको के ? मधेशमा बसेको सबैलाई मधेशी भन्न खोजेको हो कि लुंगी लगाउने मधेशीलाई भन्न खोजेको हो । प्रधानमन्त्री पनि तराइमा नै जन्मेको हो, उहालाइ के भन्ने ? अहिले मान्छे कसरी बाच्ने भन्ने अवस्थामा जात छुटइएको छ । के अहिले नेपाली नागरिकता बोकेर गएको आधारमा खोप लगाउन पाइदैन ? के यो सहि हो ?’

बिदेशीलाई पनि समातेर खोप लगाउनुपर्ने बेला नेपालीको नै जात सोध्नुपर्ने किन ? भन्दै  थप प्रश्न गरकेा छन् । आफुलाई जहिले पनि जातीय छुवाछुतको कुरा उठाउँछ भनेर आफुलाई आरोप लाग्ने गरको बताउदै भने, ‘अब हेर्नुहोस, यस्तो अवस्थामा मैले कसरी नबोल्नु ? म कसरी लाटो भएर बस्ने ?’

कलाकार यश कुमारले नवराज विकसहित ६ जनामाथी भएको विभत्स हत्याकाण्डको पनि स्मरण गर्दै मृतकप्रति श्रदाञ्जली पनि व्यक्त गरेका छन् । उनले सरकारी निकायबाट नै खोप लगाउने ठाउँमा जातको कुरा गरेर झन पिडा दिन खोजेको बताए । अन्तिममा आफुले गलत बुझेको भए माफी दिन पनि आग्रह गरेका छन् ।

Comments

One response to “खोप लगाउने फाराममा जात उल्लेख गरेकोप्रति कलाकार यश कुमारको आपत्ती”

  1. Vishnu KC Avatar
    Vishnu KC

    राज्य बाट लिने सुबिधामा चाँही जात लेखाउन हुने राज्यले दिने सुबिधा दलितको नाममा ग्वाम्म खान हुने अनी खोप लगाउने फारममा चाँही भर्न नहुने ? जात भात होइन सोच बदलौ मित्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *