धुलिखेल नगरपालिका ५ दिनका लागि ‘सिल’ (सूचनासहित)

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकामा शनिबार राति १२ बजेदेखि ‘सिल’ गरिने भएको छ । नगरपालिकाको शुक्रबारको बैठकले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी जेठ १२ गते बुधबार राति १२ बजेसम्मका लागि नगरपालिका क्षेत्र सिल गर्ने निर्णय गरेको हो ।

कोभिड–१९ को संक्रमणको दोस्रो लहर नगरपालिका भित्र पनि गीब्र रुपमा समुदाय स्तरमा नै फैलिएको, संक्रमितको संख्या दिनादुदिन बढिरहेकाले संक्रमणलाई रोकथाम तथा न्यूनीकरण गर्नका लागि यस्तो निर्णय गरिएको नगरपालिकाले एक विज्ञप्ती जारी गर्दै जानकारी गराएका हुन् । शिल गरिएको क्षेत्रमा कोही कसैले नियम उल्लघन गरेमा प्रचलित कानून बमोजिम कारवाही गरिने पनि नगरप्रमुख अशोक कुमार व्याञ्जुले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *