नेपाल उद्योग वाणिज्य महासंघको सहायता केन्द्रबाट ७५० कोरोना संक्रमितले लिए स्वास्थ्य सेवा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कोभिड-१९ संक्रमितको सहयोगका लागि सञ्चालन गरेको हेल्लो डाक्टर स्वास्थ्य परामर्श र कोभिड-१९ सहायता केन्द्रबाट ७५० संक्रमितले सेवा लिएका छन् ।

पछिल्लो तथ्याङ्कअनुसार हेल्लो डाक्टर स्वास्थ्य परामर्श कार्यक्रमबाट ५ सयभन्दा बढी र सहायता केन्द्रबाट करिब २ सय ५० जनाले आवश्यक स्वास्थ्य सहायता लिएको महासंघले जानकारी दिएको छ ।

कोभिड सहायता केन्द्रमा गम्भीर प्रकृतिका विरामीदेखि भर्खर कोभिड संक्रमण भएकाले सहयोगका लागि आग्रह गर्दै आएका छन् । केन्द्रले डेढ वर्षको बच्चादेखि ८९ वर्षसम्मका जेष्ठ नागरिकलाई सेवा दिइएको महासंघले बताएको छ ।

केन्द्रमा दैनिक १६/१७ जनाले सहयोगका लागि आग्रह गर्ने गरेको महासंघको दाबी छ । केन्द्रमा मुलुकका सबै भागबाट सहयोगका लागि आग्रह भइरहेको महासंघको भनाइ छ ।

सहायता केन्द्रबाट अस्पताल/आइसोलेसन केन्द्र सहजीकरण, अक्सिजन सिलण्डिर, अस्पताल, एम्बुलेन्स, हवाई तथा यातायात व्यवस्थापन लगायतमा समन्वय भैरहेको महासंघले जानकारी दिएको छ ।

कोभिड संक्रमण जटिल हुंदै जाँदा अस्पताल जान समस्या परेकालाई नजिकको अस्पतालसम्म पुर्‍याउन, अस्पतालमा अक्सिजन सहितको आइसियू, भेन्टिलेटर बेड पाउन समस्या परेका, अक्सिन सिलिण्डर भर्न समस्या परेका, अक्सिजन सहितको सिलिण्डर, आइसोलेसन केन्द्र, रेमडेसिभर लगायतका अत्यावश्यक औषधि नपाएका र डाक्टरको परामर्श खोजिरहेकाहरूलाई केन्द्रले सहयोग गरिरहेको महासंघको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *