सिंहदरबारमा माधव पक्षसहित विपक्षी गठबन्धनको बैठक, बहुमत दावी गर्न शीतल निवास जाने तयारी

काठमाडौं। नयाँ सरकार गठनका गर्न राष्ट्रपतिले दिएको समय सकिनै लाग्दा विपक्षी दलहरु सिंहदरबारस्थित संसदीय दलको कार्यालमा अन्तिम छलफलका लागि जुटेका छन्।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता माधवकुमार, जनता समाजवादी पार्टीका नेता एवम् पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलगायत उपस्थित छन्।

यसअघि उनीहरुले नेपाली कांग्रेस सभापति देउवा निवासमा छलफल गरेका थिए। बुढानीकण्ठको बैठकपछि विपक्षीहरु आ–आफ्नो दलमा आन्तरिक छलफल गरेर पुनः सिंहदरबारमा छलफलमा जुटेका हुन्।

विपक्षी दललले राष्ट्रपतिविरुद्ध महाअभियोग र प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरिरहेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *