विश्वासको मत नलिइकनै नयाँ सरकार गठनको आह्वान गर्न मिल्दैन : संविधानविद् आचार्य

काठमाडौं । संविधानविद भिर्माजुन आचार्यले विश्वासको मत लिने प्रक्रिया प्रारम्भ हुनु पूर्व नयाँ सरकार गठनको आब्हान गर्न सक्ने संवैधानिक व्यवस्था नभएको दावी गरेका छन्।

राष्ट्रपतीले संविधानको धारा ७६(३) बमोजिम नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाउने आधार नभएको भन्दै ७६(५) बमोजिम नयाँ सरकार गठनका लागि अह्वान गरेपपछि आचार्यले यस्तो टिप्पणी गरेका हुन्।

‘विश्वासको मत लिने प्रक्रिया प्रारम्भ हुनु पूर्व नयाँ सरकार गठनको आह्वन गर्न सक्ने संवैधानिक ब्यवस्था छैन्,’ उनले ट्वीटरमा लेखेका छन्, ‘राजीनामा वा विश्वासको मतबाट प्रधानमन्त्री पदमुक्त नभए सम्म अर्को सरकार गठनको सिफारिस हुन सक्दैन। नियत नै ७६(३) को प्रधानमन्त्रीले संसद् विघटन गर्न खोजेको जस्तो देखियो।’

Comments

3 responses to “विश्वासको मत नलिइकनै नयाँ सरकार गठनको आह्वान गर्न मिल्दैन : संविधानविद् आचार्य”

  1. नरेश कमार शाही Avatar
    नरेश कमार शाही

    भिर्माजुन जि भनिसक्नु भयाे त प्रधानमन्त्रीले यही बैशाख २७ गते संसदबाट बिश्वासकाे मत लीन खाेज्दा लीन नसकेर सबै भन्दा ठुलाे दलकाे हैसियतले प्रधानमन्त्री नियुक्त भए तर पछील्लाे राजिनितिक घटनाक्रममा कुनै परिवर्तन नअाएकाले फेरी बिश्वासकाे मत लीन अावश्यक नठानेर बैशाख २७ लाइ नै अाधार मानेर नया सरकार गठन गर्न भनिसके त के फेरी बैशाख २७ गते बिश्वासकाे पक्षमा मत नदीएमाले फेरी मत दीने देख्नु भयाे र ।

    1. प्रेम शर्मा Avatar
      प्रेम शर्मा

      एउटै देश मा एकै पटक दुई वटा प्रधानमन्त्री बनाउन मिल्छ र मित्र? पहिला राजिनामा दिन पर्यो नि त ।

  2. रमेश ठकुरी Avatar
    रमेश ठकुरी

    यस्ता घाँस संविधान बिद्! सधै बिराेध गर्ने, कहिल्यै कुरा नमिल्ने । याे भन्दा राम्रो विश्लेषण त मै गर्दिन्छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *