सपथ ग्रहण र कोभिड १९ संकट व्यवस्थापन सम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा दुई अध्यादेश जारी गरेकी छन् ।

सपथ सम्बन्धी अध्यादेश,२०७८ र कोभिड १९ संकट व्यवस्थापन सम्बन्धी अध्यादेश २०७८ जारी भएको राष्ट्रपयित कार्यालयले जनाएको छ।

प्रधानमन्त्रीको सपथ सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको बेला सरकारले सपथ सम्बन्धी कानुन नभएकाले अध्यादेश जारी गरेको हो । संविधानले सपथको ढाँचा संघीय कानुन बमोजिम हुनेछ भने पनि अहिलेसम्म कानुन नबनेको हुनाले पछिल्लो विवादको निरुपण गर्न अध्यादेश जारी गरिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *