गृहमन्त्री बादल पराजित, राष्ट्रियसभा सदस्यमा खिमलाल देवकोटा निर्वाचित

काठमाडौं । राष्ट्रियसभा सदस्यमा कांग्रेस,माओवादी र एमालेको माधव नेपाल पक्षीय गठबन्धनका उम्मेदवार खिमलाल देवकोटा विजयी भएका छन् । एमाले उम्मेदवार रामबहादुर थापा बादललाई पराजित गर्दै देवकोटा विजयी भएका हुन् ।

देवकोटाले कुल ५०८८ मतभारसहित विजय हासिल गरेका हुन् ।  बादलले ४ हजार १४ मत प्राप्त गरेका छन् ।  एमालेको माधव नेपाल पक्षका मत तान्न नसकेपछि बादलको विजय असम्भव बनेको हो ।

Comments

One response to “गृहमन्त्री बादल पराजित, राष्ट्रियसभा सदस्यमा खिमलाल देवकोटा निर्वाचित”

  1. Pushker Kadel Avatar
    Pushker Kadel

    अब पनि माझहरू एमाले नै भईन्हन्छन् कि भनेर छलफल गरिरहनुको कुनै औचित्य छैन्। गद्दारहरूलाई गद्दार भन्न डराउनु पर्दैन। खराबहरूलाई साथ लिएर भविष्य उज्वल पनि बन्दैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *