कोरोनाको नयाँ भेरियन्ट ५० प्रतिशत बढी संक्रामक, कोभिशिल्ड खोप प्रभावकारी

काठमाडौं । इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोभिड – १९ को तेस्रो भेरियन्ट निकै संक्रामक रहेको बताएको छ ।

नेपालमा गतहप्ता कोभिड १९ संक्रमितको ३५ वटा नमुनालाई जिन स्क्विन्सिग गर्दा ९७ प्रतिशतमा (३४ वटा) बि. १. ६१७.२ नयाँ भेरियन्ट र तीन प्रतिशतमा(१ वटा) बि.१. ६१७. १ पुष्टि भएसँगै नेपालमा कोभिड १९ को तेस्रो भेरियन्ट रहेको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि मंगलबार एक विज्ञप्ति निकाल्दै नेपालमा तेस्रो भेरियन्ट रहेको बारे जानकारी गराइसकेको छ । यस सन्दर्भमा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले तेस्रो भेरियन्ट यस अघि देखा परेको भेरियन्ट भन्दा ५० प्रतिशत बढी संक्रामक रहको बताएका छन् ।

बुधबार पत्रकारहरुसँग कुरा गर्दै इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. कृष्ण पौडेलले शुरुमा बेलायतमा पत्ता लागेको भेरियन्ट भन्दा यो भेरियन्ट ४० देखि ५० प्रतिशत बढी संक्रामक रहेको बताए ।

यो भेरियन्ट २० देखि ४४ वर्ष उमेर समुहमा उच्च संक्रमण रहेको पनि उनले जानकारी दिऐ । उनले भने,‘प्रारम्भिक अध्ययनहरुले यो सर्ने दर अन्य भेरियन्टभन्दा उच्च छ भन्ने देखियो । जुन अप्रत्यक्ष रुपमा नेपालमा संक्रमण बढेको दर, भारतमा बढेको दरले पनि अप्रत्यक्ष रुपमा हामि एउटा निष्कर्षमा पुग्न सक्छौँ यो अलि बढी संक्रामक छ भनेर । केही अध्ययनहरुमा, बेलायतको मेडिकल जर्नलमा ब्लगमा उहाँहरुले लेखेको अनुसार बेलायतमा पत्ता लागेको भेरियन्टभन्दा यो भेरियन्ट अझै ४० देखि ५० प्रतिशत बढी संक्रामक छ है भनेर आँकलन गरिएको छ ।’

डा. पौडेलले हाल कोभिड विरुद्धमा लगाइरहेको कोभिशिल्ड खोपले तुलनात्मक रुपमा यस भेरियन्टको जटिलता कम गर्न र मृत्यूदर कम गराउन प्रभावकारी हुने पनि बताए । उनले भने,‘तुलनात्मक हिसाबले यो भेरियन्टमा पनि जटिलता कम गर्न र मृत्यूदर कम गराउन सहयोगी÷प्रभावकारी छ भन्ने बुझिन्छ । खोपको प्रभावकारीता राम्रै देखिएको छ ।’

उनले सामाजिक दुरी कायम गर्ने, मास्कको प्रयोग गर्ने तथा सरसफाई लगायतका जनस्वास्थ्यको मापदण्ड पालना गरेर मात्रै कोभिड १९ को तेस्रो भेरियन्टबाट बच्न सकिने भन्दै जनस्वास्थ्यको मापदण्ड कडाईका साथ पालना गर्नुपर्ने पनि बताए ।

 

Comments

One response to “कोरोनाको नयाँ भेरियन्ट ५० प्रतिशत बढी संक्रामक, कोभिशिल्ड खोप प्रभावकारी”

  1. राज Avatar

    भने पछी verocell खोप औपचारिकता निभाउन मात्र दिईएको हो त । के भेरोसिल खोप लगाउनेहरु असुरक्षित हुन र हुनेछन्। त्यसो भए नागरिकहरु संवैधानिक रुपमा विभेदमा परेनन र? हामी भेरोसिल का दुवै डोज लगाएर स्वास्थ्य का मापदण्ड पूर्ण रुपले पालना गरेर बसेका छौ तर माथीको प्रतिकृयाले मनोवैज्ञानिक त्रासमा पार्यो नि त। अव हामीलाई जवाफ चाहियो भेरोसिल दुवै डोज दिएकाहरुले पून कोभिसिल्ड दिन मिल्ने नमिल्ने? यदी दिन नमिल्ने हो भने यस्तो कामै नलाग्न खोप किन दिइयो? यस्तो कुराले नागरिक बिचमा त्रासदी फैलिएन र? सम्बन्धित निकायबाट जवाफ अपेक्षित।

Leave a Reply

Your email address will not be published. Required fields are marked *