१५ हजारको अक्सिजन सिलिण्डरलाई ४१ हजारमा बिक्री गर्ने ३ जना पक्राउ

ललितपुर । अक्सिजन सिलिन्डरको कृतिम अभाव सिर्जना गरी बढी मूल्यमा बिक्री गरी कालोबजारी गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई ललितपुर महानगरपालिका-१४ महालक्ष्मीस्थानबाट मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका १५ सातदोबाटो बस्ने नुवाकोटका ३९ वर्षीय रामकृष्ण घिमिरे, लगनखेल बस्ने मकवानपुरका ४२ वर्षीय नबराज खनाल र इमाडोल बस्ने धादिङका ४२ वर्षीय राम शरण अधिकारी रहेका छन् ।

कोभिड-१९ रोगको कारण बिरामी भई अस्पतालमा उपचाररत रहेको विरामीहरूको लागि अक्सिजन सिलिण्डर अभाव भैरहेको सन्दर्भमा ललितपुर जिल्लामा समेत अक्सिजन सिलिण्डरको कृतिम अभाव सिर्जना गरी बढी मूल्यमा सिलिण्डर बिक्री गर्ने गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुले बजारमा अन्दाजी १५ हजार रुपैयाँ पर्ने अक्सिजन सिलिण्डरलाई बजार मूल्य भन्दा बढी लिई प्रति सिलिण्डर ४१ हजार रुपैयाँमा बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको हो ।

साथै उनीहरुको साथबाट अक्सिजन भरिएको सिलिण्डर १ थान, सोही सिलिण्डर विक्री गर्दै गरेको नगद ४१ हजार रुपैयाँ र ४ थान रसिद समेत प्रहरीले बरामद गरेको छ ।

उनीहरु उपर कालो बजार तथा केही अन्य सामाजिक अपराध ऐन, २०३२ अन्तर्गतको कसूरमा अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *