प्रभु सेलेक्ट फण्ड आजबाट विक्री खुला

काठमाडौं। प्रभु क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको प्रभु म्युचुअल फण्डले आजदेखि १० करोड इकाई विक्री खुला गरेको छ ।

प्रभु बैंक कोष प्रवर्द्धक रहेको म्युचुअल फण्डले प्रभु सेलेक्ट फण्ड ल्याएको हो। कम्पनीका अनुसार सात वर्षको स्किमले परिपक्व अवधिभर तीन गुणा बढी प्रतिफल दिने छ।

उक्त योजना कोषको प्रवर्द्धक प्रभु बैंक लिमिटेड र योजना व्यवस्थापक प्रभु क्यापिटल छन् । यस कोषको प्रतिइकाई १० रूपैयाँ अंकित मूल्य कायम गरी १ अर्ब बराबरको १० करोड इकाई जारी गरेकाे हाे  ।

योजनाबाट संकलित रकम ८० देखि १०० प्रतिशतसम्म सेयरमा लगानी गरिने प्रभु क्यापिटलले जनाएको छ । कोष प्रवर्द्धक प्रभु बैंकले १ करोड ४० लाख इकाई र कोष व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडले १० लाख इकाई गरी कुल १ करोड ५० लाख छुट्याइएको छ ।

बाँकी ८ करोड ५० लाख इकाईका लागि सर्वसाधरणले आजबाट आवेदन दिन सक्नेछन् । फण्डको इकाईमा इच्छुक लगानीकर्ताले जेष्ठ ९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

उक्त अवधिमा सबै इकाईका लागि आवेदन नपरेको जेष्ठ १५ गतेसम्मका लागि म्याद थप गरिने क्यापिटलले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *