माधव नेपालको ओलीलक्षित प्रश्न- मदनले भनेको लोकतान्त्रीकरणको मूल्य आत्मसाथ गरिरहेका छौं त ?

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का बरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको आन्तरिक जीवनमा असाध्यै संगीन परिस्थितिको सामना गरिरहेको बताएका छन्।

२८ औं मदन–आश्रित स्मृति दिवसका अवसरमा श्रद्धान्जली व्यक्त गर्दै अध्यक्ष केपी शर्मा ओलीलक्षित गरी विभिन्न प्रश्न तेर्स्याएका छन् । नेता नेपालले ओलीको नाम नै चाहिँ लिएका छैनन् ।

‘जनताको बहुदलीय जनवाद’का १४ विशेषता उल्लेख गर्दै नेता नेपालले ती मध्ये लोकतान्त्रीकरणको मूल्य–मान्यतालाई स्वंयम् हामीले आत्मसात गरीरहेका छौं ? भन्दै प्रश्न गरेका छन्।

नेपालको वक्तव्यमा सोधिएको छ, ‘यो बेला हामी माथि प्रश्न छ, के हामी जनक्रान्तिका उपलब्धिहरूको रक्षा गर्दै शान्तिपूर्ण, संवैधानिक र लोकतान्त्रिक बाटोबाट मुलुकको सामाजिक–आर्थिक रूपान्तरण, राष्ट्रिय पूँजीको विकास र समाजवादमा पुग्ने हाम्रो सपना र प्रतिबद्धता अनुरुप अघि बढी रहेका छौं ? हामी माथि प्रश्न छ, ‘जनताको बहुदलीय जनवादले आफ्नो कार्यक्रममा १४ विशेषताको रुपमा अघि सारेको लोकतान्त्रिकरणको मूल्य–मान्यतालाई स्वंयम् हामीले आत्मसात गरिरहेका छौं ?’

सबै खालका अहंकार, पार्टी एकताविरोधी पवृत्तिलाई निरुत्साहित गर्ने र विगतका गल्तिहरुलाई सच्चाए मात्रै मदन–आश्रितप्रति सच्चा श्रद्धाञ्जली हुने नेता नेपालको भनाइ छ।

‘फेरि एक पटक सबै खालका अहंकार, गुटगत र पार्टी एकताविरोधी पवृत्तिलाई निरुत्साहित गर्दै देश, जनता र पार्टीप्रति जिम्मेवार भएर क्रान्तिलाई अघि लैजाने सके मात्रै उहाँहरुप्रतिको सम्मान हुनेछ,’ उनले भनेका छन्, ‘देशको संविधान र पार्टीको विधानको सम्मान गर्दै विगतका गल्तीहरुलाई सच्चाएर उहाँहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरौं । यो नै उहाँहरुप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।’

भण्डारी र आश्रितको रहस्यमय दासढुंगा दुर्घटनाको भएको २८ वर्ष बितिसक्दा घटनाको रहस्य बाहिर नआएको भन्दै यथार्थ पत्ता लगाउन उनले आग्रह गरेका छन्।

Comments

One response to “माधव नेपालको ओलीलक्षित प्रश्न- मदनले भनेको लोकतान्त्रीकरणको मूल्य आत्मसाथ गरिरहेका छौं त ?”

  1. Pushker Kadel Avatar
    Pushker Kadel

    जबजको उपादेयता
    हिंड भनेर जबजको पथमा
    सिकाए युवालाई देशमा।१।
    भएर विचारमा खुब दृढ
    पार्टीलाई बनाए सुदृढ।२।
    आँखा बैरीको लागेर
    मारे दासढुंगामा खसालेर।३।
    भयो २८ वर्ष यता
    हत्यारा गयो कता।४।
    पिडामा छन् जनता
    किन बुझ्दैनन् नेता।५।
    जपेर नाम मदनको
    भयो यात्रा सदनको।६।
    सकियो भनेर उपादेयता
    विरोध गर्छन् केही नेता।७।
    पुष्कर कडेल, चितवन
    जेठ ०३, २०७८

Leave a Reply

Your email address will not be published. Required fields are marked *