नेपाललाई सहयोग गर्न लण्डनका उपमेयरको सार्वजनिक अपिल

काठमाडौं । लन्डनका उपमेयर राजेश अग्रवालले कोभिड–१९ विरुद्ध नेपाललाई बेलायतले सहयोग गर्नुपर्ने सार्वजनिक अपिल गरेका छन् । सामाजिक संजाल ट्विटरमार्फत अग्रवालले नेपाल र बेलायत २ सय बर्ष पुरानो अत्यन्तै नजिकको साथी भएकोले बेलायतले सहयोग गर्नुपर्ने बतएका हुन्।

उनले आज ट्विट गर्दै लेखेका छन्, ‘नेपाल बेलायतको एक अत्यन्तै निकट मित्रमा एक हो । पछिल्लो २ सय बर्षमा हजारौं नेपालीले बेलायतको पक्षमा आफ्नो जीवन अर्पण गरेका छन् । नेपाल कोभिड–१९ को तनावग्रस्त दोस्रो लहरसग जुध्दै छ। बेलायतले अग्रसर भएर हाम्रो मित्रलाई सहयोग गर्नुपर्छ ।’

भारतीय मुलका अग्रवाल बेलायती संघीय राजधानी लन्डनका लेबर पार्टीबाट निर्वाचित मेयर सादिक खानले नियुक्त गरेका व्यापारीक क्षेत्र हेर्ने उपमेयर हुन्।उनको नियुक्ति चार दिन अगाडि भएको हो । उपमेयरको रूपमा उनको यो दोस्रो कार्यकाल हो ।

Comments

One response to “नेपाललाई सहयोग गर्न लण्डनका उपमेयरको सार्वजनिक अपिल”

  1. Apsara Shah Avatar
    Apsara Shah

    Great Thankfull to you Vice Mayer

Leave a Reply

Your email address will not be published. Required fields are marked *