काठमाडौं । नेकपा एमालेको विवाद मिलाउन दोस्रो तहका नेतासहित प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल वार्तामा बसेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वार्ता जारी छ । वार्तामा ओली पक्षबाट नेताहरू सुवास नेम्वाङ, ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल छन् । त्यस्तै माधव पक्षबाट नेपाल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, गोकर्ण विष्ट र भीम रावल सहभागी छन् । लुम्बिनी प्रदेशका मुख्मन्त्री शंकर पोखरेल पनि भर्खर वार्तामा सहभागी भएका छन् ।

हिजो बूढानीलकण्ठस्थित व्यापारी रामेश्वर थापाकोमा नेताद्वयबीच भएको ‘वान टू वान’ वार्तामा २०७५ जेठ २ कै वरिपरिको एमाले रहने गरी सहमति खोज्ने र त्यसका लागि कार्यदल बनाउने सहमति भएको थियो ।
त्यही सहमतिलाई कार्यान्वयन तहमा पुर्याउन दोस्रो तहका नेताहरूहरूसहित वार्ता शुरू भएको हो ।


यो पनि पढ्नुस् :
एमाले दोस्रो तहका नेतासँगैको वार्ताका लागि माधव पक्ष सिंहदरबारमा

Leave a Reply