माधव नेपालको प्रष्टीकरण- लोकतन्त्रको भविष्य सुरक्षित गर्न ओलीलाई विश्वासको मत दिएनौं (पूर्णपाठ)

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीका क्रियाकलाप राजनीतिक नैतिकता र लोकतन्त्रको मर्यादा विपरित भएकाले कुनै पनि हिसाबले विश्वासको मत दिन उचित नहुने ठानेर आफूहरु संसदमा अनुपस्थित रहेको प्रष्टीकरण दिएका छन् ।

नेपालले सोमबार साँझ तीन पेज लामो प्रेस विज्ञिप्त जारी गर्दै ओलीका गलत क्रियाकलापहरुको विरोध र प्रतिवाद गर्दै देश, जनता र लोकतन्त्रको भविष्य सुरक्षित गर्न आफूहरुले विश्वासको मत नदिने र प्रतिनिधि सभाको बैठकमा अनुपस्थित हुने निर्णय गरेको बताएका छन् ।

नेपालले आफूहरुको यो निर्णय देश, जनता र पार्टीप्रतिको निष्ठाको द्योतक हो भन्दै ओलीलाई विगतका गल्ति सच्याउन तथा पार्टी एकताका लागि आफूहरुले अघि सारेका कुराको सम्बोधन गर्न आग्रह गरेका छन् ।

नेपालले लुम्बिनी र गण्डकीमा एमालेका मुख्यमन्त्रीले लोकतन्त्र र संविधान विपरित कार्य गरेको आरोप समेत लगाएका छन् ।

Comments

5 responses to “माधव नेपालको प्रष्टीकरण- लोकतन्त्रको भविष्य सुरक्षित गर्न ओलीलाई विश्वासको मत दिएनौं (पूर्णपाठ)”

  1. Pushker Kadel Avatar
    Pushker Kadel

    I hate the traitor.
    1 to 28 all are traitors.

  2. सत्कार नेपाल Avatar
    सत्कार नेपाल

    वाह माधव नेपाल– जसले एमालेलाई कुनैबेला तेस्रो (लिङ्गी) बनायो, त्यसैले यो अवस्थामा आईपुगेको एमालेलाई पुन टुक्र्याएर सक्ने मेलो निकाल्यो। आफू महाधिवेशनमा हार्ने, पार्टीमा अलपमतमा पर्ने अनि भए भरका पद आफैंलाई चाहिने!

  3. Prem bahadur pun Avatar
    Prem bahadur pun

    तर गलत भयो माधब नेपाल जि, कि तपाई हरुले राजिनामा दिनु पर्थ्यो कि त केपि ओली लाई बिश्वास को मत दिनु पर्थ्यो। तपाई हरु दुबै को नजर मा गिर्नु भयो। यो अलि ठिक भयन। #स्वतन्त्र #बिचार@

  4. Bhupendra chand Avatar
    Bhupendra chand

    आफुले जनताकाे लागि के गरेका छन र नेपाल जि ले ? प्रचण्डको पछाडी लागिरहेछन । भाेलि जनताले पक्कै पनि सजाय दिनेछन् ।

  5. Pushker Kadel Avatar
    Pushker Kadel

    परो अपि हितवान् बन्धु: बन्धु: अपि अहित: पर: |
    अहित: देहज: व्याधि: हितम् अरण्यम् औषधम् ||

    पराई पनि शुभेच्छुक बन्धु वा बन्धु पनि पराई हुनसक्छ। आफ्नै शरीरमा उत्पन्न भएर पनि रोग त शत्रु नै हुन्छ तर जंगलमा भएर पनि वनस्पति हितकारी हुनसक्छ।
    #सन्दर्भ_माधव_नेपाल का हर्कत!

Leave a Reply

Your email address will not be published. Required fields are marked *