पञ्चशील सहकारीको आफ्नै भवनबाट एटीएमसहितको सेवा शुरु, यस्ता छन् अरु सुविधा

ललितपुर । पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले शनिवारदेखि आफ्नै भवनबाट सेवा शुरु गरेको छ । ललितपुर-१९, पुर्णचण्डीमार्ग-कुमारीपाटीस्थित नवनिर्मित सुविधा सम्पन्न आफ्नै भवनमा सीमित व्यक्तिको उपस्थितीमा भवन शुभारम्भ गरिएको संस्थाका कार्यकारी अध्यक्ष राजु खतिवडाले बताएका छन् ।

वैशाख २६ गते आइतबारदेखि संस्थाको सम्पूर्ण कारोबार नयाँ भवनबाट संचालन हुने विज्ञप्तिमा उल्लेख छ । संस्थाको आफ्नै भवनको मुल गेटमा रहेको एटीएम बुथबाट सेवाको थालनी गरिएको छ भने सदस्य सेवाको लागी रेमिट्यान्स, पञ्चशील स्मार्ट बैंकिङ्ग, एस.एम.एस. बैकिङ्ग तथा बैंक ट्रान्सफर लगायतका सेवा संचालन गर्दै आएको खतिवडाले बताएका छन् ।

पञ्चशीलबाट क्यूआर कोडमार्फत थप सेवाको समेत आरम्भ भएको छ । कुल सदस्य ३ हजारको हाराहारी रहेको संस्थाको कुल चुक्ता पूँजी १४ करोड ५५ लाख ६९ हजार ७ सय रुपैयाँ रहेको र जगडा लगायतका अन्य कोषहरुमा गरी रु १६ करोड ८८ लाख ९४ हजार ७ सय ६३ रुपैयाँ रहेको छ । संस्थाको कुल कारोबार २ अर्ब ५१ करोड ५४ लाख ३७ हजार ९ सय ८८ रुपैयाँ रहेको छ ।

Comments

One response to “पञ्चशील सहकारीको आफ्नै भवनबाट एटीएमसहितको सेवा शुरु, यस्ता छन् अरु सुविधा”

  1. मधुर शाक्य Avatar
    मधुर शाक्य

    संस्थाले छिटो समयमा गरेको उन्नति प्रगतिको लागि धेरै बधाई एवं भविष्यमा सदस्य एवं कर्मचारीहरुलाई थप सेवा सुविधा दिई अगाडि जान सकोस् भनी शुभकामना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *