बादल कमरेडको तुलना खिमलाल देवकोटासँग हुनै सक्दैन : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का नेता एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले रामबहादुर थापा ‘बादल’को तुलना खिमलाल देवकोटासँग हुन नसक्ने बताएका छन्।

‘जसरी माधव कमरेडको तुलना बादल कमरेडसँग हुदैन भनेर हामी भन्छौं,’ पोखरेलले फेसबुकमा लेखेका छन्, ‘त्यसरी नै बादल कमरेडको तुलना खिमलाल देवकोटासाग हुनै सक्तैन। मनन गरौं।’

बादल र देवकोटा बागमती प्रदेशका लागि ६ जेठमा हुन गइरहेको राष्ट्रियसभाको उपनिर्वाचनका उम्मेदवार हुन् । बादललाई एमाले संस्थापन पक्षको सर्मथन छ भने देवकोटालाई नेपाली कांग्रेस, माओवादी केन्द्र, जसापको उपेन्द्र यादव-बाबुराम भट्टराई पक्ष र एमालको माधव नेपाल पक्षको सर्मथन छ।

एमाले एक्लैको बहुमत भए पनि नेपाल पक्ष विपक्षमा उभिँदा बहुमत खण्डित हुने र बादलले हार्ने सम्भावना छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *