गोकुल बास्कोटाको व्यंग्य- बहुदलीय लोकतन्त्रमा निर्दलीय महागठबन्धन, रूख र गोलाकार बेपत्ता

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व सञ्चार मन्त्री गोकुल बास्कोटाले राष्ट्रियसभा सदस्यको उपचुनावमा एमालेविरुद्ध बनेको गठबन्धनलाई आउने चुनावको युद्ध अभ्यासको संज्ञा दिएका छन् ।

बास्कोटाले कांग्रेसको चुनाव चिह्न रूख र माओवादीका गोलाकारभित्रको हँसिया हथौडा बेपत्ता भएको भन्दै बहुदलीय लोकतन्त्रमा निर्दलीय महा गठबन्धन बनेको टिप्पणी गरेका छन् ।

बास्कोटा भन्छन्, ‘बहुदलीय लोकतन्त्रमा रूख र गोलाकार बेपत्ता भएको निर्दलीय उम्मेदवार बोकेर लोकतन्त्र संरक्षणको चटक देखाउनुले के बताउँछ ? एक एमालेविरुद्ध चार निर्दलीय महागठबन्धन,साायद उाउने चुनावको युद्ध अभ्यास होला ।’

जेठ ६ गते हुने राष्ट्रियसभाको उपचुनावमा एमालेका रामवहादुर थापा बादलविरुद्ध एमालेकै माधव नेपाल पक्षका खिमलाल देवकोटा स्वतन्त्र उम्मेदवार बनेका छन् ।

उनलाई कांग्रेस र माओवादीले समर्थन गरेका छन् ।

Comments

2 responses to “गोकुल बास्कोटाको व्यंग्य- बहुदलीय लोकतन्त्रमा निर्दलीय महागठबन्धन, रूख र गोलाकार बेपत्ता”

  1. राज Avatar
    राज

    हिजो सुर्य महाबेपत्ता भएको होइन? झापामा गाई,धनुषा छाता,प्युठान गिलास,कुन्नी कता हसिया हतौडा?? बहुदलिय लोकतन्त्रको पाठ सिकाउछन!

  2. Krikos Avatar
    Krikos

    एमाले ले अर्को पार्टी को उम्मेदवार बादलको साटो खिमलाल लाई नै सहयोग गरेको भय हुन्थ्यो नि ..

Leave a Reply

Your email address will not be published. Required fields are marked *