नेपालको आग्रहमा भारतले खोल्यो लिक्विड अक्सिजनको आपूर्ति, अक्सिजन प्लान्टमा चौबिसै घण्टा बिजुली

काठमाडौं । भारतले नेपालको आग्रहपछि ‘लिक्वीड अक्सिजन’को आपूर्ति नेपालतर्फ खुलाएको छ । अप्रिल अन्तिम साताबाट भारतले अक्सिजन देशबाहिर लैजान बन्देज लगाएको थियो ।

पछिल्लो समय नेपालमा लिक्विड अक्सिजन अभाव भएपछि दुई देशका उच्च तहमा छलफल भइरहेको थियो । दुवै देशका राजदूतको समेत पहल र दुई पक्षीय अनौपचारिक संवादपछि भारतले नेपाललाई मात्र खुलाएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

मानवीय संकट उत्पन्न हुने भएपछि भारतसँग गम्भीरतापूर्वक छलफल भएको स्रोतले जनाएको छ । भारतको गृहमन्त्रालयले उत्तर प्रदेश र विहार सरकारलाई नेपालतर्फ लैजाने लिक्विड अक्सिजन आपूर्तिमा सहजीकरण गर्न भनिसकेको बताइएको छ ।

अब नेपालमा अक्सिजनको अभाव नहुने सरकारी स्रोतले जनाएको छ । प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा व्यक्त गरे बमोजिम नेपालको आग्रहमा भारतले अक्सिजन सहज गरेको छ ।

यसैबीच नेपाल विद्युत प्राधिकरणले अक्सिजन प्लान्टमा चौबिसै घण्टा बत्ति नजाने गरि व्यवस्था गरेको जनाएको छ ।

Comments

One response to “नेपालको आग्रहमा भारतले खोल्यो लिक्विड अक्सिजनको आपूर्ति, अक्सिजन प्लान्टमा चौबिसै घण्टा बिजुली”

  1. विचार Avatar
    विचार

    त्यसैले आपुर्ति गर्नु पर्ने liquid अक्सिजन होइन, अक्सिजन उत्पादनमा जोड दिनु वढी बुद्धिमानी। धेरै बिरामी हुदा हप्ता टिक्न गार्हो काम कम गरौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *