रूपन्देही । पश्चिम नवलपरासी जिल्लामा मंगलबारदेखि निषेधाज्ञा लागू भएको छ ।
सोमबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डीसीसीएमसी)ले सिफारिस गरेको निर्णयलाई जिल्ला सुरक्षा समितिले कार्यान्वयन गर्दै राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले जानकारी दिएका छन् ।
निषेधाज्ञा वैशाख ३१ गते राति १२ बजेसम्म कायम रहने छ । यो अवधिमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहनेछन् । जिल्लामा संक्रमितको संख्या बढ्न थालेपछि बन्द गर्नका लागि दबाव बढ्दै गएको थियो ।

Leave a Reply