आफू हुँदा ठिक अरू हुँदा विरोध गर्ने संस्कृति गलत: मुख्यमन्त्री पोखरेल (भिडियोसहित)

रूपन्देही । लुम्बिनी प्रदेशमा पुनः नियुक्ति भएका मुख्यमन्त्री शंकर पोखरेलले शपथग्रहण कार्यक्रममा गरिएको अवरोध गलत राजनीतिक संस्कारको शुरूवात भएको बताएका छन् ।

प्रदेश प्रमुखको धर्मनाथ प्रसाद यादवसमक्ष आज साँझ शपथ लिएपछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले राजनीतिमा आफू हुँदा ठिक अरू हुँदा विरोध गर्ने गलत संस्कृतिलाई हटाउँदै लैजानुपर्ने बताए ।

जसपाको सहकार्यमा संयुक्त सरकार बनाएको समयमा जसपाको बहुमतको निर्णयलाई नमानेर कारबाही नाटक गरिएको उनले बताए । त्यो घटनापछि एमाले एक्लैले बहुमतको सरकार बनाउने अवस्थामा आएको उनले बताए ।

Comments

One response to “आफू हुँदा ठिक अरू हुँदा विरोध गर्ने संस्कृति गलत: मुख्यमन्त्री पोखरेल (भिडियोसहित)”

  1. शंकर भण्डारी Avatar
    शंकर भण्डारी

    थुक्क किर्ते ओलीगुटको छौँडा शंकरे ३७ सांसदको सरकार ४२ को प्रतिपक्ष पनि हुन्छ?? तँलाई सेना परिचालन गरेर सपथ खानुपर्ने ??? नैतिकहिन ओलीगुटले एमालेलाई सक्कायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *