निषेधाज्ञाको समयमा घर घर सामान पुर्‍याउँदै रोलिङ्ग बजार

काठमाडौं । कोरोनाको जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञाको समयमा रोलिङ्ग बजारले नेपाली सामान घर घर सामान पुर्‍याउन सुरु गरको छ ।

निषेधाज्ञालाई मध्यनजर गर्दै नेपाली उत्पादनहरु रोलिङको प्लेटफर्मबाट बिक्रीवितरण गर्दै आइरहेको रोलिङ्ग बजारले निषेधाज्ञामाको समयमा पनि निरन्तरता दिदै आएको छ ।

रोलिङ्ग बजारका सह-सञ्चालक रोजेश मान श्रेष्ठले रोलिङ्ग बजारले स्वस्थको मापदण्ड पुरा गरि घर घर सामान पुर्यादिने सेवा प्रभाव गरेको बताए ।

रोलिङ्ग बजारले नुवाकोटको पोखरेली चामल देखि धनुषाको काला नामक, मेलम्चीको बासमती, जुम्लाको दाल, इलामको गाईको घीऊ, सिन्धुलीको जुनारको जुस जस्ता देशभरका स्वदेशी उत्पादनहरु अनलाईन बाटै अडर गरि होम डेलिवेरी सेवा दिइहरको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *