उत्कृष्ट सूचना अधिकारी र उत्कृष्ट अभियन्ता पुरस्कारका लागि १० जनाको नाम छनौट

काठमाडौं । राष्ट्रिय सूचना आयोगले उत्कृष्ट सूचना अधिकारी र उत्कृष्ट अभियन्ता (बिनय कसजु) पुरस्कारका लागि १० जनाको नाम छनौट गरेको छ । आयोगको आज बसेको बैठकले ५ जना उत्कृष्ट सूचना अधिकारी र ५ उत्कृष्ट अभियन्तालाई (बिनय कसजु) पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय गरेको एक विज्ञप्तीमार्फत जानकारी गराएको हो ।

आयोगका अनुसार उत्कृष्ट सूचना अधिकारी पुरस्कार पाउनेमा राष्ट्रिय मुस्लिम आयोगमा कार्यरत दयाराम तिवारी, थाहा नगरपालिका मकवानपुरमा कार्यरत सुरज कुमार भुजेल, प्रदेश निर्वाचन कार्यालय, कैलालीमा कार्यरत राजेश चाैधरी, जिल्ला हुलाक कार्यालय ताप्लेजुङमा कार्यरत नवराज गिरी र जिल्ला हुलाक कार्यालय खोटाङमा कार्यरत सरोज खतिवडा रहेका छन् ।

यस्तै उत्कृष्ट अभियन्ता (बिनय कसजु) पुरस्कारबाट त्रियुवा नगरपालिका ११ उदयपुरका अजय कुमार साह, सिम्रौनगढ नगरपालिका ७ बाराका डा. मुन्ना कुमार मिश्र, बटेश्वर गाउँपालिका २ धनुषाका शैलेन्द्र कुमार महतो, हल्दिवारी गाउँपालिका ३ झापाका ईश्वर तिवारी र बिरगंज नगरपालिका ८ पर्साका राम पुकार रौनियार रहेका छन् ।

यस्तै आयोगमा रही उत्कृष्ट कार्यसम्पादान गर्ने ३ जना कर्मचारीलाई पनि पुरस्कृत गर्ने निर्णय गरेको छ । जसमा आयोगमा कार्यरत उपसचिव कपिल प्रसाद उपाध्याय, कानून अधिकृत शानित वाग्ले र कम्प्युटर अपरेटर रबिन गौतम रहेका छन् ।

पुरस्कृत हुनेलाई बैशाख २२ गते आयोगको स्थापना दिवसको अवसरमा वितरण गरिने भए पनि यस वर्ष भने कोभिड–१९ का कारण उपयुक्त समयमा कार्यक्रम आयोजना गरेर वितरण गरिने आयोगका प्रवक्ता समेत रहेका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले  नेपाल प्रेसलाइ जानकारी दिए । उनका अनुसार आयोगले हरेक वर्ष उत्कृष्ट सूचनाको हकमा उत्कृष्ट सूचना अधिकारी र उत्कृष्ट अभियन्तालाई सूचनाको हकको क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरुप निश्चित छनौट विधिका आधारमा छनौट गरी पुरस्कृत गर्दै आएको छ ।

गत वर्ष भने कोभिड–१९ को महामारकिा कारण पुरस्कृत गरेको थिएन । यस वर्ष उक्त कार्यक्रमलाई निरन्तरता दिदै पुरस्कारका लागि गत चैत ५ गते गोरखापत्रमा एक महिने सूचना प्रकाशन गरेको थियो । प्राप्त आवेदनबाट पुरस्कारका लागि निर्धारण गरिएका मापदण्डको आधारमा सिफारिस समितिले मूल्यांकन गरी सिफारिस गरेका अभियन्ता तथा सूचना अधिकारीलाई पुरस्कृत गर्ने आयोगको निर्णय गरेको हो ।

पुरस्कृतको नामावली

Comments

One response to “उत्कृष्ट सूचना अधिकारी र उत्कृष्ट अभियन्ता पुरस्कारका लागि १० जनाको नाम छनौट”

  1. deepak Avatar
    deepak

    माथि टाइपमा इस्वरा हुनुपर्ने मा इस्वर भएछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *