निषेधाज्ञाको समयमा सर्वोच्च अदालतले जरूरी प्रकृतिका मुद्दाको मात्रै सुनुवाई गर्ने

काठमाडौं । सर्वोच्च अदालतले निषेधाज्ञाको समयमा बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित अत्यन्त जरूरी प्रकृतिका मुद्दाको मात्रै सुनुवाई गर्ने भएको छ।

मंगलबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले वैशाख १५ गतेदेखि वैशाख मसान्तसम्म अन्य सबै कामकारबाही स्थगन गर्ने निर्णय गरेको हो।

यस अबधिका कनुै पनि मुद्दा, रिट तथा निवेदनहरुको हदम्याद समेत नगुज्रने सर्वोच्चले बताएको छ। विद्यमान परिस्थितिको मूल्यांकन गरी बैशाख ३१ गते बस्ने पूर्ण बैठकले थप निर्णय लिने छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *