प्रधानमन्त्री-रअ प्रमुखको ‘फेक सम्झौता’ प्रकरण : पत्रकार पक्राउको विरोधमा सर्वोच्चमा रिट

काठमाडौं । प्रधानमन्त्री र भारतीय गुप्तचर प्रमुख सामन्त गोयलबीच भएको भनिएको ‘फेक सम्झौता’ प्रकरण सर्वोच्च अदालतमा समेत प्रवेश गरेको छ । उक्त ‘फेक सम्झौता’ शुरुमै छाप्ने उज्यालो नेटवर्क डटकमका कार्यकारी सम्पादकलाई प्रहरीले सोमबार कार्यालयमै गएर नियन्त्रणमा लिएको थियो ।

प्रेस काउन्सिलमा यो विषयमा मिलाप भइसकेको र पाटन उच्च अदालतले समेत फौजदारी मुद्दामा बाहेक समाचार लेखेकै आधारमा धरपकड नगर्न आदेश दिइसकेको भन्दै उज्यालो नेटवर्क पक्ष सर्वोच्चमा गएको हो।

महानगरीय प्रहरी परिसर टेकुले पक्राउ गरेका पत्रकारलाई काठमाडौं जिल्ला अदालतमा पेस गरेर थप अनुसन्धानका लागि तीन दिने अनुमति समेत लिइसकेको छ। सर्वोच्चमा दायर गरिएको रिटलाई काठमाडौं जिल्ला अदालतलाई समेत विपक्षी बनाइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *