बैंक र वित्तीय संस्थालाई राष्ट्र बैंकको निर्देशन- ‘गुगल प्लस कोड’ अनिवार्य प्रयोग गर्नू

काठमाडौं । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले वस्तु वितरण गर्नका लागि इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाले अनिवार्यरूपमा गुगल प्लस कोड प्रयोग गर्न निर्देशन दिएको छ ।

सञ्चार मन्त्रालय र गोश्वरा हुलाक कार्यालयले उक्त कोड प्रचलनमा ल्याउन अनुरोध गरेबमोजिम बैंक तथा वित्तीय संस्थालाई आफ्नो सूचना प्रणाली आवधिक गर्न निर्देशन दिएको हो । सूचना प्रणाली आवधिक गरी सेवाग्राहीको ठेगानामा गुगल प्लस कोड राख्न भनिएको छ ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले सूचनामार्फत गुगल प्लस कोड सञ्चालनका लागि ‘स्टाण्डर्ड अपरेटिङ प्रोसिड्युर’ ‘हुलाक बस्तु वितरणका लागि गुगल कोड प्रयोग सम्वन्धि कार्य सञ्चालन प्रकृया २०७७’ अनुसार काम गर्न निर्दश गरेको छ ।

नेपालका हुलाक सेवा प्रदान गर्ने कार्यालयहरूले गुगल प्लस कोड प्रयोग गरी विद्युतीय माध्यबाट प्रापकको ठेगानामा सामान पुर्‍याउने व्यवस्था गरेको छ । प्रेसक उल्लेख गरेको गुगल प्लस कोड गुगल म्याप एप्स वा जीपीएस ट्रयाक गरी वस्तु वितरण सम्वन्धि काम गर्ने हुलाक सेवा प्रदायकले प्रापकको ठेगानासम्म पुर्‍याउनुपर्ने व्यवस्था गरिएको छ ।

यस प्रवधिको प्रयोगका लागि कुनै पनि अतिरिक्त शुल्क नलाग्ने तथा स्थानीय साझेदार तथा सार्वजनिक सेवा प्रवाह गर्ने कम्पनीले पनि गर्न सक्नेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *