आज काठमाडौंमा यी केन्द्रमा लगाइँदैछ चिनियाँ खोपको पहिलो डोज

काठमाडौं । चिनियाँ खोप भेरोसेलको पहिलो डोज लगाउने क्रम आज पनि जारी छ । 

निजामति अस्पताल मीनभवन, सशस्त्र प्रहरी अस्पताल बलम्बु र राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र किर्तिपुरमा मात्र चिनियाँ खोप लगाइने जनाएको छ। त्यस्तै परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली, नेपाल मेडिकल कलेज अत्तरखेल, काठमाडौं मेडिकल कलेज सिनामंगल, र हिमाल अस्पताल ज्ञानेश्वरमा खोप लगाउन सकिने बताइएको छ।

त्यसैगरि, वीर अस्पताल महाबौद्ध, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु र त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाउन सकिने बताइएको छ।

Comments

One response to “आज काठमाडौंमा यी केन्द्रमा लगाइँदैछ चिनियाँ खोपको पहिलो डोज”

  1. Girendra Avatar
    Girendra

    ६०देखी ६४ बर्षका लाइ बंचित गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *