माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को मंगलबारदेखि जारी स्थायी समिति बैठक आज पनि बस्दै छ। बैठक पार्टी मुख्यालय पेरिसडाँडामा दिउँसो एक बजेपछि सुरु हुनेछ ।

मंगलबारको ६ कार्यसूची तय गरेको थियो र त्यसमाथि छलफल भएको थियो। पहिलो दिनको बैठकमा अध्यक्ष पुपष्कमल दाहाल ‘प्रचण्ड’ र स्थायी समिति सदस्यहरुको रिर्पोटिङ भइसकेको छ।

दोस्रो कार्यसूची विधान संशोधनसम्बन्धी छ। त्यस्तै यसअघि गठन गरिएको संगठनात्मक कार्यदलको कामबारे, वर्तमान सरकारविरुद्ध नयाँ सरकार गठन गर्ने सन्दर्भबारे छलफल गर्ने कार्यसूची समेत रहेको छ।

विविध विषय अन्तर्गगत कोभिड-१९ को दोस्रो लहरबारे निणयन्त्रण, विभिन्न पार्टीहरुसँग भइरहेको राजनीतिक वार्ताबारे छलफल गर्ने कार्यसूची समेत बैठकको छ। यही बैठकले अब बोलाउन लागिएको केन्द्रीय कमिटीका कार्यसूची समेत तय गर्ने छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *