काठमाडौं । त्रिकोणात्मक टि–२० सिरिज अन्तरगत अहिले जारी रहेको नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा मध्यक्रमका ब्याट्सम्यान दिपेन्द्र ऐरीले अर्धसतक पूरा गरेका छन् । ओपनर कुशल भुर्तेल भने ६२ रनमा आउट भएका छन् ।
दिपेन्द्रले २८ बलमा ४ छक्का र ३ चौकाको सहयोगमा अर्धसतक हानेका ह्ुन् । कुलश र दिपेन्द्रको अर्धशतक मद्दतमा नेपाल बलियो स्कोरतर्फ अघि बढेको छ । यो समाचार लेख्दासम्म नेपाल १५ ओभरमा ३ विकेटको क्षतिमा १४८ रन बनाएर खेलिरहेको छ ।

Leave a Reply