रूपन्देही । दाङमा एक बर्षिया बालिकाको आगोमा जलेर मृत्यु भएको छ।
जिल्लाको राप्ती गाउँपालिका- ५ कालापानी निवासी पुनाम सुनारकी १ बर्षिया छोरी विना सुनारको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङ्गले जानकारी दिएको छ।
हिजो सोमबार बेलुका खाना पकाउने क्रममा अगेनाबाट आगो कपडामा सल्किदा आमा र बालिका जलेर घाइते भएका थिए ।
लमही अस्पतालमा उपचारको क्रममा आज बिहान बालिकाको मृत्यु भएको हो । ४४ वर्षकी आमा पुनम सुनारको सोही अस्पतालमा उपचार भइरहेको छ ।
Leave a Reply