माओवादीले केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै छ । पार्टी मुख्यालय पेरिसडाँडामा दिउँसो १ बजे बैठक बोलाइएको स्थायी समिति सदस्य गणेश साहले नेपालप्रेसलाई बताए ।

आजको बैठकमा पार्टीको सांगठानिक संरचना निर्धारणबारे कार्यदलको सुझाव, सरकारलाई दिएको समर्थन फिर्ता र केन्द्रीय कमिटी बैठक बोलाउनेबारे छलफल हुने साहले जानकारी दिए।

कर्णाली प्रदेशमा एमालेको माधव पक्षले आफ्नो पार्टीलाई सरकार टिकाउन साथ दिएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्र सरकार पनि केही दिनमै फेरबदल हुने बताउँदै आएका छन् । आइतबार चितवनको माडीमा प्रचण्डले राजनीतिक दलहरूसँग महत्वपूर्ण बैठक हुन लागेको बताएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *