कोरोनाले रोकेन भक्तपुरको ‘जिब्रो छेड्ने जात्रा’

भक्तपुर । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि धुमधामका साथ सकिएको छ ।

यस वर्ष बोडेका ४८ वर्षीय बुद्धकृष्णवांग श्रेष्ठले आठौँ पटक जिब्रो छेडेका छन् ।

मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा लामो समयदेखि एम्बुलेन्स चालकको रुपमा कार्यरत उनले कोरोना महामारी शुरु भएसँगै गत वर्षदेखि कोभिडका बिरामी मात्रै बोक्ने आइसोलेटेड एम्बुलेन्स चलाएर कोरोना सङ्क्रमितको सेवा गर्दै आएका छन् ।

गत वर्ष विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमणका पहिलोपटक जात्रा रोकिएको थियो । कोरोनाको दोस्रो वेभको जोखिम बढिरहेपनि स्थानीय भेला भएर जिब्रो छेड्ने जात्रामा सहभागी भए ।

बुद्धकृष्णले भने, ‘मानवीय सेवा र कला संस्कृतिको संरक्षणमा लाग्दै आएको मैले गत वर्ष कोरोनाका कारण जात्रा रोकिएकाले जिब्रो छेड्न पाइन, यस वर्ष जात्रालाई निरन्तरता दिने निर्णय गरेँ ।’

नेवार समुदायको कला, संस्कृति र इतिहास बोकेको जात्रा/ पर्व कुनै बाहनामा नरोक्ने भन्दै आयोजकले उत्साहपूर्वक सहभागिताको लागि आव्हान गरेको थियो ।

नगरपालिकाले जात्रा नरोक्ने भए पछि बुद्धकृष्णले जिब्रो छेड्न आवश्यक तान्त्रिक विधि पूरा गरेका थिए भने १० इञ्च लामो सुइरो बनाएर कर्मी नाइकेले तेलमा डुबाएर राखेका राखेका थिए ।

हालसम्म १२ जनाले जिब्रो छेडेको यो जात्रा १०६ वर्षदेखि निरन्तर चलिरहेको छ ।

            

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *