एन आई सी एशियाको नयाँ वर्ष योजना डिजिटल भुक्तानीमा २० प्रतिशतसम्मको छुट

काठमाडौं। एन आई सी एशिया बैंकले नयाँ वर्ष २०७८ मा आफ्ना ग्राहकलाई डिजिटल भुक्तानीमा २० प्रतिशतसम्मको आकर्षक छुट तथा नगद फिर्ताको योजना ल्याएको छ ।

२०७८ वैशाख ३ सम्म डिजिटल भुक्तानी गर्ने ग्राहकले उक्त छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । ग्राहकले आफ्नो इच्छाएको सामग्री खरिद गरी ई–कमर्शमार्फत भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम १ हजार ५ सय रुपैयाँसम्म नगद रकम फिर्ता प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

नेपालमा अनलाईन किनमेल गर्ने परम्पराको बिकास भइरहेको समयमा आफ्नो आयोजनाले यसलाई थप प्रवर्द्धन गर्ने बैंकले अपेक्षा लिएको छ ।

यस बैंकको मुलुकभर ३५२ शाखा , ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ८० वटा शाखा रहित बैंकिङ मार्फत् बैंक २२ लाख भन्दा बढी ग्राहकलाई बैंकिङ सेवा दिइरहेको छ ।

गत आर्थिक वर्षमा करिब २ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी यस बैंकले मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता ३४ दुर्गम क्षेत्रमा पुगेर बैंकिङ व्यवसाय सञ्चालन गर्दै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *