सनातन धर्म संस्कृति संगठनको अध्यक्षमा पुष्पराज पुरुष सर्वसम्मत्

काठमाडौं । राप्रपा निकट नेपाल सनातन धर्म संस्कृति संगठनको प्रथम केन्द्रीय महाधिवेशन काठमाडौंमा सम्पन्न भएको छ । महाधिवेशनले योगी पुष्पराज पुरुषलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ । पुरुष यसअघि पनि सो संगठनका अध्यक्ष रहिसकेका छन् । देशभरका ६७ जिल्लाबाट प्रतिनिधित्व रहेको महाधिवेशनमा ४३२ जनाको प्रतिनिधित्व रहेको थियो ।

महाधिवेशनले काठमाडौंका खिलनाथ काफ्ले र सुजन अधिकारीलाई उपाध्यक्ष, भक्तपुरका दीपक महाराज आत्रेयलाई महासचिव पदमा चयन गरेको छ ।

बर्दियाका गिरीराज पुरुष सदस्य सचिव, नवलपुरकी सिता बस्याल कोषाध्यक्ष, काठमाडौंका केशव वशिष्ठवंशी प्रवक्ता, कैलालीका उपेन्द्र विक्रम पुरुष, सचिवालय संयोजकका रुपमा निर्विरोध चयन भएका छन् ।

महाधिवेशनले बाँकेका सन्त माधवराज महाराज (टेक प्रसाद उप्रेती), ताप्लेजुङका सूर्य प्रसाद भट्टराई, झापाका श्याम प्रमाद खनाल, दार्चुलाका स्वामी रामानन्द सरस्वती, तेह्रथुमका बासुदेव गौतम, सुनसरीका भवानी प्रसाद पुरुष, मोरङका रामबहादुर केसी, नुवाकोटका शिवराम घिमिरे, ललितपुरका देवराज गौतम, रुपन्देहीका थानेश्वर उपाध्याय, मकवानपुरका अनोज अधिकारी, पर्वतका ज्यो. आनन्द भूसाल, भक्तपुरका बालचन्द्र पौडेल, ललितपुरका राजेन्द्र प्रसाद ओझा, रसुवाका ल्हाक्पा तामाङ, सुनसरीका सुरेन्द्र श्रीपाली, धनुषाका पुष्प दाहाल र शम्भु प्रसाद कोइराला, स्याङ्जाका रविन पंगेनी, बाग्लुङका आचार्य किशोर वत्स, बैतडीका प्रेम बहादुर चन्द, दोलखाका सूर्य प्रसाद काफ्ले र काभ्रेका शिव प्रसाद हुमागाईलाई केन्द्रीय सदस्य पदमा सर्वसम्मत चयन गरेको छ ।

त्यस्तै पर्वतकी फूलमाया शर्मा न्यौपाने, नवलपरासीका मिलन प्रसाद पौडेल, नवलपुरका चिरन्जीवी दवाडी, ललितपुरकी सुभद्रा श्रेष्ठ र हेम लक्ष्मी श्रेष्ठ,ललितपुर, नवलपुरकी नम्रता उपाध्याय स्त्री, मकवानपुरका नवराज थपलिया, नवलपुरका काशीराम काफ्ले, मकवानपुरका सुकुन्द प्रसाद आचार्य र यज्ञ प्रसाद कडेल, काठमाडौंका हरिबोल सत्याल, ललितपुरका ताल बहादुर थापा, सिन्धुलीकी सुमित्रा बस्नेत, ओखलढुंगाका शम्भु हरि निरौला, काठमाडौंका उमेश चालिसे, नवलपुरका कृष्ण प्रसाद घिमिरे, गोरखाका लेखनाथ भट्ट, कैलालीका सत्यराज पाण्डे, काठमाडौंकी कुन्ती चापागाई र जयराम अधिकारी, झापाका विष्णु प्रसाद खतिवडा (विष्णु देव), बर्दियाका सम्मर बहादुर थापा, ललितपुरकी श्याम कुमारी, काठमाडौंका राधा भण्डारी, थिरामञ्जरी पौडेल र देवी थापा, रामेछापका नारायण प्रसाद भट्टराई, सुनसरीका नारायण प्रसाद खनाल, खोटाङका उमेश प्रसाद खतिवडा, दाङका रविन कुमार गौतम, चितवनका रामचन्द्र पिया, कास्कीका गणेश अधिकारी, नुवाकोटकी नानु आचार्य, दोलखाका महेन्द्र प्रसाद खतिवडा रुपन्देहीकी शारदा पोख्रेल, दोलखाका रमेश भण्डारी, चितवनकी सरस्वती धिताल तनहुँका आनन्द प्रसाद नेपाल, स्याङ्जाका गोविन्द प्रसाद मरासैनी, इलामका लेखनाथ न्यौपाने, दैलेखका गणेश रिजाल, कालीकोटका धुर्व ऋषि उपाध्याय र सिन्धुलीका सरोज पोखरेल पनि केन्द्रीय सदस्यमा निर्विरोध चयन भएका छन् ।

Comments

One response to “सनातन धर्म संस्कृति संगठनको अध्यक्षमा पुष्पराज पुरुष सर्वसम्मत्”

  1. Purushottam Adhikari Avatar
    Purushottam Adhikari

    ठगी धन्दा वाला ले‌ धर्म संस्कृति को जगेर्ना गर्ने भ‌एछन्
    उनको वाल्मीकि बन्ने प्रयत्न लाई साधुवाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *